+
+

ठूला आयोजनाको काम सर्तसहित अघि बढाइने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २३:१४

२० चैत, काठमाडौं । सरकारले ठूला आयोजनाको काम अघि बढाउन दिने निर्णय गरेको छ । बिहीबार बसेको कोरोना रोकथाम तथा सर्तकता समन्वय उच्चस्तरीय समितिको बैठकले कार्यस्थलमा कोरोना सुरक्षाका तीन सर्त पालना गर्ने गरी काम अघि बढाउन दिने निर्णय गरेको हो ।

कार्यस्थलको श्रमिकलाई समुदायबाट अलग्याएर पूर्ण क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य उपचार तथा सुरक्षाको आधारभूत आवश्यकता पूरा गर्ने र कार्यस्थलमा चौबिसै घण्टा एम्बुलेन्स तैनाथ रहने सर्तमा आयोजनाको काम अघि बढाउन दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए ।

जसअनुसार आयोजनामा काम गर्ने श्रमिकमहरु बजार तथा समुदायको सम्पर्कबाट टाढा रहेर आयोजनाले तोकेको क्षेत्रमा बसेर काम गर्नु पर्नेछ ।

कार्यस्थलमा मास्क, पन्जा, सेनिटाइजर जस्ता संकमणबाट जोगिने उपकरण तथा सुरक्षा कवज लगाएर काम गर्ने वातावरण आयोजनाले बनाउनु पर्नेछ भने आपत्कालीन अवस्थामा स्वस्थ्य संस्थासम्म पहुँचका लागि एम्बुलेन्स चौबिसै घण्टा तैनाथ गर्नु पर्नेछ ।

लगातारको लकडाउनका कारण राष्ट्रिय महत्वको आयोजना तथा अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योगहरुको सेवा प्रभावित हुन नदिन यस्तो व्यवस्था गरिएको सरकारले जनाएको छ ।

लकडाउनका कारण प्रभावित माथिल्लो तामाकोसी ठूला विद्युतीय तथा अन्य आयोजनाको निर्माणलाई गति दिन यस्तो निणर्य भएको प्रवक्ता खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?