+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

काठमाडौं प्रेसको समाचार डिलिट प्रकरणमा सिरान टेक्नोलोजिजले माफी माग्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २३:०७

२० चैत, काठमाडौं । काठमाडौं प्रेस अनलाइनको एउटा समाचार आफूहरुको त्रुटिका कारण डिलिट भएको भन्दै सिरान टेक्नोलोजिजले माफी मागेको छ । सो कम्पनीले डिलिट भएको समाचार पुनः ‘रि-स्टोर’ गरेको जानकारी दिएको छ ।

‘गलत सूचनाका कारण सिरान टेक्नोलोजिजको प्राविधिक टीमले न्युजपोर्टलबाट उक्त समाचार हटाइएको छानविनका क्रममा पाइयो,’ सिरान टेक्नोलोजिजले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘एउटा जिम्मेवार कम्पनीका रुपमा हामी हाम्रो त्रुटिलाई स्वीकार गर्दै हामी काठमाडौं प्रेस, सम्पूर्ण प्रेस जगत, हाम्रो शुभचिन्तकसँग क्षमायाचना गर्दछौं ।’

‘काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारले सिस्टमबाट समाचार हटेको जानकारी दिनासाथ फेरि प्राविधिक टीमलाई भनेपछि त्यो समाचार जस्ताको तस्तै उही रुपमा आउने’ बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

काठमाडौं प्रेस डटकमले ‘महँगो स्वास्थ्य सामग्री खरिदमा रक्षामन्त्री र प्रधानमन्त्रीका सल्लाहकारका छोराको संलग्नता !’ शीर्षकमा समाचार छापेको थियो । केही समयपछि उक्त समाचार वेबसाइटबाट हटेको थियो । काठमाडौं प्रेसले सिरान टेक्नोलोजिजको प्राविधिक टिमले अनधिकृत रुपमा सीएमएसमा प्रवेश गरी उक्त समाचार हटाएको बताउँदै आएको थियो ।

सिरान टेक्नोलोजिज प्रा.लि.ले दुई वर्षअघि काठमाडौं प्रेस वेबसाइट निर्माण गरेको थियो । वेबसाइटको कन्टेन्ट म्यानेजमेन्ट सिस्टम -सिएमएस) लगायतका प्राविधिक विषय सिरान टेक्नोलोजिजले हेर्दै आएको थियो । ११ वर्षअघि सिरान टेक्नोलोजिज प्रा.लि. स्थापना भएदेखि एक सयभन्दा बढी न्युजपोर्टलहरुको सिएमएस निर्माणदेखि व्यवस्थापन गर्दै आएको र यो ११ वर्षमा समाचार डिलिट हुने समस्या पहिलोपटक भोगेको भन्दै टेक्नोलोजिजले माफी मागेको छ ।

सिरान टेक्नोलोजिजका तर्फबाट कम्पनीका अध्यक्ष विश्वास ढकालले काठमाडौं प्रेसका सम्पादक गोविन्द परियारलाई पत्र लेखेर चिन्ता व्यक्त गरिसकेको टेक्नोलोजिजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?