Comments Add Comment

दिदी–बहिनीबीच किन वैमनस्यता ?   

परिवारमा पहिलो सन्तानको महत्व बढी हुन्छ, दोस्रो वा तेस्रो सन्तानभन्दा । पहिलो सन्तानले । परिवारबाट जुन किसिमको माया र हेरचाह पाउँछ, त्यसपछिका सन्तानहरु त्यस्तै वातावरणम हुर्कन पाउँदैनन् ।

जब दोस्रो वा तेस्रो सन्तान जन्मन्छन्, पहिलो सन्तानले उनीहरुमाथि आफ्नो नियन्त्रण लाद्न खोज्छन् । उनीहरुले आफ्ना भाई बहिनीलाई माया त गर्छन्, साथसाथै ईष्र्या पनि । किनभने आफुले जुन किसिमको माया ममता, हेरचाह पाइएका हुन्छन्, भाइ बहिनीको जन्मपछि त्यो क्रमस घट्दै जान्छ । यसको मनोवैज्ञानिक असर के हुन्छ भने, भाइ बहिनीकै कारण मलाई अब आमाबुवा वा परिवारले माया गरेनन् । यसको प्रभव, उनीहरुले आफ्नो  भाइ वहिनीलाई प्रतिस्पर्धीको रुपमा हेर्न थाल्छन् ।

उनीहरुसंग झगडा गर्नु, कराउनु, उनीहरुको कुरा र व्यवहारप्रति झर्को लाग्नु र तकिया हानहान गर्नु जस्ता विभिन्न क्रियाकलापसँगै उनीहरु हुर्कदै जान्छन् । जति–जति हुर्कदै जान्छन्, भाइ वहिनीबीचको सम्बन्ध प्रगाढ हुँदै जान्छ । तर, कतिपय अवस्थामा भने दिदी भाइ वा दिदी बहिनीबीच नै वैमनस्यता हुन्छ । उनीहरुबीच बोलचाल हुँदैन । एकअर्कामा वैरभाव पैदा हुन्छ । यसरी एउटै कोखमा जन्मिएका, एउटै काखमा खेलेका, एउटै आँगनमा हुर्किएका दिदी वहिनीले एकअर्कालाई सत्रुतापूर्ण व्यवहार गर्न थाल्छन् । आखिर किन यस्तो हुन्छ ? उनीहरुको सम्बन्धमा कसरी सुधार हुन्छ ?

यो प्रश्नको जवाफ खोज्नु यसकारण पनि आवश्यक छ कि, दिदी  वहिनीबीचको वमनस्यताले उनीहरुलाई मात्र पिरोल्दैन, आमाबुवा र आफ्ना घर–परिवारलाई पनि सताउँछ । खासगरी आफ्ना आमाबुवाको मन दुख्छ । किनभने उनीहरुले सबै सन्तानलाई बराबर  सोच्छन् । सबैको भलो चाहन्छन्।

के तपाईं नै समस्या हो ?

यदि तपाईंलाई आफ्ना दिदी –बहिनीमा विश्वास गर्न अथवा खुलेर कुरा गर्न डर लाग्छ भने तपाईं स्वयंसंग सोध्नुहोस्, कतै समस्या तपाईं भित्रै त छैन ? तपाईं आफ्ना दिदी–बहिनीमा विश्वास गर्नु हुन्छ कि हुन्न भन्ने प्रश्न होइन । प्रश्न के हो भने उनीहरुले जे गरे पनि के तपाईं उनीहरुसंग सम्झौता गर्न सक्नु हुन्छ ? आफुले खनेको खाल्डोबाट बाहिर अउने प्रयास गर्नु पर्छ । जे भए पनि उनीहरुसंग सम्झौता गर्नु पर्छ । यसबाहेक उनीहरुसंग माया–प्रेम गर्नु पर्छ ।

यदि तपाईंलाई आफ्ना दिदी –बहिनीप्रति रिसरागको भावना छ भने आफुलाई सोध्नुहोस्— के तपाईं साँच्चै नै उनीहरुको सफलतामा ईष्र्या गर्नु हुन्छ ? त्यस्तै यदि तपाईं आफ्ना दिदी –बहिनीले तपाईंलाई सम्हालुन्, सम्झाउन् अथवा तपाईंसंग कुनै पनि कुराका लागि माफी मागुन् भन्ने चाहनु हुन्छ भने उनीहरुलाई यसबारेमा बताउनु पर्छ । यसो गर्दा तपाईंको अपेक्षा पूरा नभए पनि तपाईंको मन भित्रको कुरा बाहिर निस्कन्छ, जसले मनमुटावलाई बढ्न दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment