
धूलो, माटो र प्रदुषणका कारणले धेरै मानिसहरुले ब्ल्याकहेड्को समस्याको सामना गर्नु परिरहेको छ । सुन्दरतामा दाग लगाउने ब्ल्याकहेड्सको समस्याले यदि तपाईं पनि ग्रसित हुनुहुन्छ भने त्यसलाई सजिलै हटाउने केही घरेलु उपायहरु पनि छन् । यहाँ उल्लेखित केही उपायहरु अपनाएर केही हप्तामा नै तपाईंले आफ्नो अनुहारलाई ब्ल्याकहेड्समुक्त बनाउन सक्नु हुनेछ ।
ग्रीन टी
एक चम्चा ग्रीन टीको पात लिने र त्यसलाई पिनेर पेस्ट बनाउनु पर्छ । त्यसलाई नाकमा लगाएर ५ मिनेटसम्म औंलाले मसाज गर्नु पर्छ, ब्ल्याकहेड्स आफैं जान्छ ।
ओलिभ ओयल
त्यस्ता मानिसहरु जसको छाला सुख्खा छ, उनीहरुका लागि ओटमिल र ओलिभ ओयलको मिश्रण बनाउनु पर्छ र हरेक दिन ५ मिनेटसम्म त्यसलाई नाकमा लगाएर हल्का हातले मसाज गर्नु पर्छ ।
मेथीको पात
मेथीको पातमा पानी हालेर पेस्ट बनाउनु पर्छ । त्यो पेस्टलाई आफ्नो ब्ल्याकहेड्स आएको भागमा लगाउनु पर्छ । करिव १० मिनेटपछि मनतातो पानीले अनुहारलाई धुनु पर्छ ।
सुन्तलाको बोक्रा
सुन्तलाको बोक्रालाई सुकाएर त्यसलाई मसिनो धुलो बनाउनु पर्छ । त्यसपछि दिनहुँ ब्ल्याकहेड्स भएको ठाउँमा लगाएर मसाज गर्नु पर्छ । त्यसो गर्दा ब्ल्याकहेड्सको समस्या कम हुन्छ ।
बेकिङ सोडा
बेकिङ सोडाले ब्ल्याकहेड्स हटाउनुको साथै मृत छालाको कोशिका र तैलिय छालाको समस्यालाई पनि हटाउँछ । त्यसका लागि २ चम्चा बेकिङ सोडालाई पानीमा मिसाएर बाक्लो पेस्ट तयार गर्नु पर्छ । त्यसले ब्ल्याकहेड्स भएको ठाउँमा मसाज गर्नु पर्छ । त्यसपछि मनतातो पानीले अनुहार धुनु पर्छ । हप्तामा दुई पटकसम्म त्यसको प्रयोग गर्दा ब्ल्याकहेड्सको समस्या कम हुन्छ ।
मह, कागती र चीनी
ब्राउन शुगर, मह र कागतीको रसलाई मिसाएर त्यसलाई गाला र नाकमा लगाउनु पर्छ । हातलाई गोलो गोलो गरी घुमाउँदै मसाज गर्नु पर्छ । केही क्षणपछि सफा पानीले अनुहार धुनु पर्छ र मोइश्चराइजर क्रिम लगाउनु पर्छ ।
अण्डा
अण्डाको सेतो भागले ब्ल्याकहेड्सको समस्यालाई तुरुन्त कम गर्छ । त्यसलाई तपाईंले सिधै अनुहारमा लगाउन सक्नु हुन्छ । न्यूट्रिशनले भरिपूर्ण अण्डा लगाएर तपाईं तैलिय छालाको समस्याबाट पनि धेरै हदसम्म राहत प्राप्त गर्न सक्नु हुन्छ ।
प्रतिक्रिया 4