Comments Add Comment

एयरफोन : रोगको कारण त बनिरहेको छैन ?

सन् १९१० मा पहिलो पटक एयरफोन प्रयोगमा आएको थियो । सबैभन्दा पहिला एयरफोनलाई संगीतप्रेमीहरु माझ सार्वजनिक गरिएको थियो । एयरफोन दोस्रो विश्वयुद्धको क्रममा धेरै लोकप्रिय भएको मानिन्छ ।

सन् २००१ देखि भने एयरफोनको प्रयोग बिस्तारै-बिस्तारै बढ्न थाल्यो । एयरफोनको प्रयोग त्यो समयमा झन् धेरै बढ्न थाल्यो। जब हरेक स्मार्टफोनहरुको खरिदमा एयरफोन दिन थालियो ।

आज बजारमा विभिन्न ब्राण्डहरुका एयरफोनहरु उपलब्ध छन् । जसका कारण कुन कम्पनीको एयरफोन छनोट गर्ने भन्ने दुविधा बढ्न थालेको छ। हिजोआज बजारमा त तारबिनाका एयरफोन अर्थात् कोर्डलेस एयरफोनहरु पनि उपलब्ध छन् ।

यसलाई प्रयोग गर्न स्मार्टफोनको ब्लुटुथ अन गरेर तारको झण्झट बिना नै एयरफोनको आनन्द लिन सकिन्छ । त्यस्ता एयरफोनहरु गुणस्तरमा समेत ‘एक से एक’ छन् । एयरफोन निर्माण गर्ने कम्पनीहरु आवाज बाहिरसम्म आउने र कानको भित्र भएको एयरबडहरुको गुणस्तरमा विशेष ध्यान दिन थालेका छन् ।

स्मार्टफोन अथवा एयरफोन खरिद गर्नाका लागि हिजोआज अनलाइन बजार एउटा राम्रो विकल्प भएको छ । किनभने तपाईंले आफ्नो एउटा औंलाको भरमा आफूलाई मन परेको प्रोडक्टको बारेमा विस्तृत जानकारी लिन सक्नुहुन्छ ।

हिजोआज बजारमा ब्लुटुथ वाला एयरफोनहरु पनि उपलब्ध छन्। जसलाई तारको झन्झट बिना प्रयोग गर्न सकिन्छ। त्यस्ता इयर फोनहरुको मूल्य पाँच रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म पर्छ। जुन त्यसको गुणस्तर अनुसार बढ्दै जान्छ । एउटा साधारण एयरफोन तीन सयदेखि सात सय रुपैयाँसम्म पाइन्छ ।

हिजोआज एयरफोनलाई अझ आधुनिक बनाएर, त्यसको रुपमा परिर्वतन गरेर, त्यसलाई हेडफोनको नाममा परिवर्तित गरिएको छ । त्यस प्रकारका हेडफोन शैलीका एयरफोनका प्रयोगकर्ता एयरफोन बडहरु बारम्बार खसिरहने झण्झटबाट मुक्त हुन्छन् ।

त्यसो त एयरफोन अथवा हेडफोनमध्ये कुन धेरै आरामदायक छ भन्ने कुरा ग्राहकहरुको आफ्नो प्रकृतिमा निर्भर हुन्छ । ग्राहकहरुमा एउटा वर्ग त्यस्तो पनि छ। जसले एयरफोन लगाउँदा नै अति आराम महसुस गर्छन् । त्यस्तै, तार खसिरहने झण्झटका कारण अर्को वर्गले हेडफोन प्रयोग गर्न मन पराउँछन् । त्यसो त हिजोआज यस्ता प्रकारका यन्त्रहरु बजारमा तीब्रताका साथ बिक्री हुन थालेका छन् ।

एयरफोन प्रयोगका फाइदाहरु

एयरफोन प्रयोग गर्नुका विभिन्न फाइदाहरु छन् । यदि तपाईंले स्मार्टफोनमा कुनै फिल्म हेरिरहनुभएको छ भने त्यसले तपाईंलाई अत्यन्त मधुर र स्पष्ट आवाज प्रदान गर्छ ।

ठिक त्यही कुरा भिडियो कलमा पनि लागु हुन्छ । यदि तपाईंले एयरफोन लगाएर कल गर्नुभयो भने गुणस्तरीय आवाज आउँछ ।

कुनै पनि प्रकारको संगीत सुन्दा एउटा गुणस्तरीय एयरफोनको भूमिका धेरै ठूलो हुन्छ । किनभने एयरफोनले हामीलाई त्यस्ता ध्वनिहरु हाम्रो कानमा प्रेषित गर्छ । जुन शायद एयरफोन बिना हामी सुन्न सक्दैनौं।

एयरफोन प्रयोगका बेफाइदाहरु

आज विज्ञानले जे आविष्कार गरेको छ। ती कुराहरुले हाम्रो जीवन धेरै नै सजिलो बनाइदिएको छ ।तर, यसको हामीले ठूलो मूल्य पनि चुकाउनु परेको छ । जसरी हरेक सिक्काको दुई पाटा हुन्छ । त्यसरी नै राम्रोसँग नराम्रो पनि अवश्य हुन्छ । एयरफोन पनि यसको अपवाद छैन ।

एउटा सर्वेक्षण अनुसार लगातार एयरफोनको प्रयोगले कान भित्र ब्याक्टेरियाको संख्या बढ्दै जान्छ । अरु व्यक्तिले प्रयोग गरेको एयरफोनलाई हामीले सोचविचार नगरिकन प्रयोग गछौं।  तर, अन्य व्यक्तिले प्रयोग गरेको एयरफोन आफूले प्रयोग गर्दा इन्फेक्सनको सम्भावना अत्यन्त धेरै हुन्छ। त्यसैले हामीले सधैं आफ्नो इयरफोनमात्र प्रयोग गर्नुपर्छ ।

एयरफोन बडलाई लगातार काममा लगाइराख्नाले कानमा पीडा पनि हुनसक्छ साथै कान पनि सुन्निनसक्छ । एयरफोनको सबैभन्दा ठूलो हानि भनेको सडकमा एयरफोन लगाएर हिँडेका व्यक्तिहरु दुर्घटनाको शिकार भएको पाइन्छ ।

मानिसहरु एयरफोनमा लगाएपछि यति धेरै त्यसमा व्यस्त हुन्छन् । उनीहरुलाई संसारको कुनै मतलबै हुँदैन । एयरफोन लगाए पछि न उसले बसको हर्न सुन्छ न कसैको आवाज । जसका कारण उसले आफ्नो जीवन पनि गुमाउनसक्छ । त्यसैले एयरफोनको प्रयोग ड्राइभिङ र सडकमा हिँड्दा गर्नुहुँदैन ।

दिमागमा हुने नोक्सान

वैज्ञानिकहरुका अनुसार एयरफोन प्रयोग गर्दा त्यसबाट विद्युतीय चुम्बकीय तरंगहरु निस्कन्छन् । जसले हाम्रो दिमागको कोशिकाहरुलाई नोक्सान पुर्‍याउँछ । केही आधुनिक एयरफोन त्यस्ता पनि छन्, जुन कान भित्रै पस्छन् र त्यसले दिमागलाई नोक्सान पनि पुर्‍याउनसक्छ ।

यदि हामी ९० डेसिबलमा कुनै ध्वनि प्रतिदिन चार घण्टा सुन्छौं भने हाम्रो कानलाई नोक्सान हुनसक्छ । त्यसैले संगीत सुन्दा हामीले आवाजको विशेष ध्यान दिनुपर्छ र निश्चित अन्तरालमा कानलाई विश्राम पनि दिनुपर्छ ।

एयरफोनको प्रयोगले हुने सबैभन्दा ठूलो नोक्सान भनेको यसले अहिलेका युवाहरुलाई एकोहोरो बनाइदिएको छ। अहिले बस र माइक्रोहरुमा यात्रा गर्ने युवावर्गहरु आफ्नो कानमा एयरफोन हाल्छन् र आफूमै डुबिरहेका हुन्छन् ।

निश्चित रुपान एयरफोनद्वारा मोबाइल अथवा कम्प्यूटरमा संगीत सुन्न र भिडियो हेर्नु एउटा राम्रो अनुभव हो । तर, जुन कुराको पनि एउटा सीमा हुन्छ । त्यो एयरफोन प्रयोगमा पनि छ । त्यसैले हामी सही र गलतबीचको सीमा बुझ्नुपर्छ । यसो भयो भने मात्र हामीले प्रविधिको सही आनन्द उठाउन सक्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment