Comments Add Comment

मोरङमा लकडाउन उल्लंघन गर्ने १२ सय सवारी नियन्त्रणमा

२१ चैत, काठमाडौं । मोरङमा लकडाउन सुरु भएदेखि बिहीबारसम्म प्रहरीले एक हजार २४७ सवारी साधन र ६ जनालाई नियन्त्रणमा लिएको छ ।

लकडाउन उल्लंघन गरेकोले ६ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

यस्तै, लकडाउनको समयमा चलाइएका ७६३ मोटरसाइकल, ५२ स्कुटर, २३ वटा कार र भ्यान, १४ वटा ट्याक्टर, २५ वटा ट्रक, ३३० वटा साइकल र ४० वटा ट्याम्पोलाइए नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment