
२१ चैत, जनकपुरधाम । प्रदेश २ सरकारले कोरोना भाइरस नियन्त्रणका लागि नीति बनाउने भएको छ । यसका निम्ति विज्ञ सम्मिलित सल्लाहकार समिति गठन गरिएको छ ।
सल्लाहकार समितिमा डा. रामकेवल साह, डा. सुरेन्द्र यादव, डा. प्रवीण मिश्र, डा.काशीकान्त झा, डा. विजयकुमार सिंह, डा. गरिब दास ठाकृुर र डा. जेके लाल छन् ।
नवगठित समितिको बैठकले कोरोना भाइरस नियन्त्रणसम्बन्धी नीति निर्माणका लागि शुक्रबाटै काम सुरु गर्ने डा. रामकेवल साहले जानकारी दिए ।
समिति गठनलगत्तै बसेको पहिलो बैठकमा मुख्यमन्त्री लालबाबु राउतले महामारी नियन्त्रणका लागि आवश्यक योजना बनाउन निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4