+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

कारोनाविरुद्ध उपचार कोषमा नेपाल लाइफको एक करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १८:४३

२१ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक करोड सहयोग गर्ने भएको छ ।

कम्‍पनीको सञ्चालक समितिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्ने निर्णय गरेको हो ।

विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेको प्रतिकूल परिस्थितिमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् विविध प्रकारको सहयोग गर्दै आइरहेको बताउँदै यो महामारी रोक्नको लागि पनि सामाजिक उत्तरदायित्व अन्तर्गत् नै सो सहयोग गरिएको कम्पनीले जनाएको छ ।

कोभिड-१९ महामारीको सन्दर्भमा समेत नेपाल लाइफले नेपाल सरकारको उक्त कोषमा गरेको सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति केही सहयोग हुने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?