Comments Add Comment

स्पेनमा २४ घण्टामै ९ सयको ज्यान गयो, इटाली र बेलायतकाे कस्तो छ अवस्था ?

२१ चैत, काठमाडौं । स्पेनमा पछिल्लो २४ घण्टामा ९ सय जनाको ज्यान गएको छ । बीबीसीका अनुसार, स्पेनमा एकै दिनमा ९ सयको ज्यान गएको हो । योसँगै स्पेनमा ज्यान गुमाउनेहरुको संख्या १० हजार ९ सय ३५ पुगेको छ ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार, स्पेनमा शुक्रबार मात्रै ३० हजार पाँच सय १३ जना उपचारपछि निको भएर फर्किएका छन् । हालसम्म स्पेनमा एक लाख १७ हजार ७१० जनालाई कोरोना संक्रमण देखिएको छ ।

बेलायत सरकारले पत्रकार सम्मेलन गरेर ज्यान जानेहरुको संख्याबारे उल्लेख गरेको छ । जसअनुसार, पछिल्लो २४ घण्टामा दुई जना नर्सहरुको ज्यान गएको छ ।

विश्वका अन्य देशजस्तै बेलायत पनि कोरोनासँग जुधिरहेको छ । यहाँ हालसम्म ३ हजार ६ सय ५ जना मानिसको ज्यान गइसकेको छ ।

बेलायतमा शुकबार उपचारपछि घर फर्किनेको संख्या केवल २०५ जना मात्रै रहेका छन् ।

इटालीमा एक लाख १९ हजार ८ सय २७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै इटालीमा सात सय ६६ जनाको कोरोनाले मृत्यु भएको छ । याेसँगै इटालीमा कोरोनाका कारण ज्यान जानेको संख्या १४ हजार ६ सय ८१ जना पुगेको छ ।

त्यस्तै, १९ हजार ७५८ जना निको भएर घर फर्किएकाछन् । इटालीमा बिहीबारको तुलनामा शुक्रबार ज्यान जानेको संख्या सामान्य मात्रै बढेको छ । शुक्रबार इटालीमा जम्मा २३३९ जना मात्रै नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment