Comments Add Comment

कोरोना परीक्षण बढाउन कांग्रेसको माग

२२ चैत, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण बढाउन माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै स्थानीय संक्रमण देखिनु दोस्रो चरणमा पुग्नु भएको बताएका छन् । उनले भनेका छन्, ‘सरकारलाई हाम्रो अपील छ, यसअघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समूहको परिक्षण, परीक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गरौं ।’

बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइ गर्नुपर्नेमा समेत उनले जोड दिएका छन् । अब रत्तिभर हेलचेक्राइ गर्नु भनेको समुदायमा संक्रमण फैलने छुट दिनु भएको भन्दै कांग्रेसले गम्भीरता देखाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment