+
+
Shares

बारामा दशगजाबाटै ९ जना मुस्लिम जमाती पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७६ चैत २२ गते १८:५१

२२ चैत, वीरगञ्ज । बारा प्रहरीले जमातीबाट फर्कदै गरेका मुस्लिम समुदायका ९ जनालाई नियन्त्रणमा लिएको छ । अस्थायी प्रहरी पोष्ट जोतपुरको टोलीले दशगजा क्षेत्रबाटै उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले शनिबार बिहान कलैया–१० बाट सप्तरीको महादेवा गाउँपालिका २, कञ्चनरुप नगरपालिकाका ३ र कृष्णश्रवण गाउँपालिकाका ३ जना गरी ९ जनालाई नियन्त्रणमा लिएको थियो ।

कोरोना भाइरसको संक्रमण फैलन नदिन दुवै देशमा लकडाउन चलिरहेको समयमा उनीहरु सीमावर्ती भारतीय गाउँबाट लुकीछिपी नेपाल प्रवेश गरिरहेका थिए । लकडाउनमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका ९ जना जमातीहरुलाई नियन्त्रणमा लिएर कलैया अस्पतालस्थित क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

‘भारतमा तिर्थाटन गएर फर्केका रहेछन्,’ डिएसपी मिश्रले भने, ‘लकडाउनमा लुकीछिपी नेपाल आएकाले दशगजाबाटै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएका छौं ।’

उनीहरुले दिल्लीमा धार्मिक सभामा सहभागी हुन गएको नभइ बिहारकै सितामढी, पूर्वी चम्पारण जिल्लाका विभिन्न मस्जिदमा बसेर फर्केको बताएका छन् ।

यसअघि भारतको दिल्लीमा कोरोना भाइरस फैलाउन मुख्य भूमिका खेलेको भनिएको मुस्लिम धार्मिक सम्मेलनमा १९ जना नेपाली सहभागी भएका थिए । त्यहाँबाट फर्किएको आशंकामा प्रहरीले बाराबाट ११ जनालाई यसअघि नियन्त्रणमा लिएको थियो ।

 

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?