+
+

दिल्ली धार्मिक सभामा सहभागी थप तीन जना सप्तरीमै भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १९ गते १८:५४

१९ चैत, सप्तरी । भारतको नयाँ दिल्लीमा कोरोना भाइरस कोभिड १९ फैलाउन भूमिका खेलेको भनिएको धार्मिक सभामा सहभागी भएका थप तीन जना सप्तरीमै फेला परेका छन् । योसँगै दिल्ली धार्मिक सभामा सप्तरीबाट सहभागिता जनाउनेको संख्या ६ पुगेको छ ।

पछिल्लो पटक फेला परेका तीनै जना सप्तरी सदरमुकाम राजविराजकै निवासी हुन् ।

दिल्ली धार्मिक सभामा सहभागी भई आफ्नो घरमा आएर लुकी बसेका थप तीन जनालाई फेला पारिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले जानकारी दिए । उनीहरु दिल्लीको धार्मिक सभामा सहभागी भएको विश्वस्त श्रोतले जानकारी दिएपछि क्वारेन्टाइनमा पठाइएको उनले बताए ।

‘उनीहरुको घर जाँदा भारतको नजिकैको शहर गएको बताएपनि दिल्ली धार्मिक सभामा सहभागी भएर आएको जानकारी हामीले पाएका छौं’ ठाकुरले भने, “त्यहीं भएर उनीहरुलाई क्वारेन्टाइनमा लगेर राखिएको छ ।”

उनीहरुलाई राजविराजस्थित साइकृष्णा अस्पतालको क्वारेन्टाइनमा राखिएको उनले बताए ।

यसअघि राजविराजबाटै दिल्ली धार्मिक सभामा सहभागी भएका तीन जनालाई फेला पारी  साइकृष्णा अस्पतालकै क्वारेन्टाइनमा पठाइसकिएको छ ।

विश्वस्त श्रोतले प्रशासनलाई दिल्ली सभामा सहभागी भएर आएकाहरुको सूचना दिएपछि प्रमुख जिल्ला अधिकारी सुनिल खनालको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई, सशस्त्र प्रहरी प्रमुख एसपी उद्वव न्यौपाने, नेपाली सेनाका प्रमुख, गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका मेडिकल सुपरिडेन्ट डा. चुमनलाल दास, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादव, सप्तरी युथ नेपालसहित सामाजिक संस्थाका प्रतिनिधि उनीहरुको घर पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?