२२ चैत, काठमाडौं । सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट गर्ने भएको छ ।
मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
मन्त्रिपरिषद बैठकले लकडाउनमा थप कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान नदिने निर्णय समेत गरेको हो ।
लकडाउन लम्ब्याउने विषयमा भने शनिबारको मन्त्रिपरिषद बैठकले कुनै निर्णय नगरेको अर्थ एवम् सञ्चारमन्त्रीसमेत रहेका डा. खतिवडाले जानकारी दिए ।
सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १० चैतदेखि देशभर लकडाउन गरेको छ । सुरुमा चैत १८ गतेसम्म गरिएको लकडाउनको अवधि थप गर्दै हाल २५ चैतसम्म पुर्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4