+
+

श्रीमती र छोरी सुतिरहेको बेला आगो लगाएर फरार

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २२ गते २०:२३

२२ चैत, विराटनगर । सुनसरीमा श्रीमती र छोरी सुतिरहेको बेलामा  आगो लगाएर श्रीमान फरार भएका छन् । बिहीबार राति आगो लगाएर श्रीमान सियाराम उराउ फरार भएका हुन् ।

सुनसरीको इनरुवा नगरपालिका- ८ बस्दै आएका सियारामले ३५ वर्षीय श्रीमती कमलकुमारी उराउ, सात वर्षीया छोरी प्रतिक्षा र चार वर्षीया छोरी प्रतिज्ञालाई आगो लगाएर फरार भएका हुन् ।

आगलागीबाट घाइते तीन जनाको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको कमलकुमारीका भाइ रिट्ठे उराउले बताए ।

उनका अनुसार सामान्य विवादमा बिहीबार राति आगलागी गराएर सियाराम फरार भएका हुन् । बिरामीको गाउलेले उद्धार गरेका थिए ।

माइती पक्षको उजुरी परेपछि सियारामको खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी बिनोद शर्माले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?