Comments Add Comment

स्वास्थ्यमन्त्रीले बुझे हजार थान पीपीई

२३ चैत, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक हजार थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बुझेका छन् ।

एनएमबी ग्रुप र नेपाल भारत मानव विकास मैत्री संघले मन्त्रालयमै आइतबार मन्त्री ढकाललाई पीपीई हस्तान्तरण गरेका हुन् ।

एनएमबी ग्रुपले चीनबाट ल्याएको सात सय थान र नेपाल भारतमैत्री विकास संघले नेपालमै उत्पादन गरेको तीन सय थान पिपिई सहयोग गरेका हुन् ।

संकटको समयमा सरकारलाइ सहयोग गर्नु निजी क्षेत्रको पनि कर्तव्य रहेको भन्दै दुवै संस्थाका प्रतिनिधिले थप सहयोगहरू उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

पीपीई ग्रहण गर्दै मन्त्री ढकालले सहयोगले चिकित्सक र स्वास्थ्यकर्मीको मनोबल उच्च हुने बताए । उनले सरकारले पनि चिकित्स र स्वास्थ्यकर्मीको मनोबल बढाउनका लागि भत्ता, बिमा र सुरक्षाको प्रबन्ध मिलाएको जानकारीसमेत गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment