+
+

क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान पाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २३ गते २१:२०

२३ चैत, काठमाडौं । क्वारेन्टाइन अवधि पूरा गरेकाहरू अब स्वास्थ्य परीक्षणपछि मात्रै घर फर्कन पाउने भएका छन् ।

यसअघि क्वारेन्टाइनमा बसेकाहरू लक्षण नदेखिएपछि विनापरीक्षण घर जाने गरेकोमा अब स्वास्थ्य परीक्षण अनिवार्य गरिएको हो ।

आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले क्वारेन्टाइनमा बसेकाहरू स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव एवं समिति प्रवक्ता नारायण बिडारीले जानकारी दिए ।

‘क्वारेन्टाइन अवधि पूरा गरेकाहरूलाई स्वास्थ्य परीक्षणपछि मात्रै घर जान दिने निर्णय भएको छ,’ सचिव बिडारीले उच्चस्तरीय समितिको निर्णय सार्वजनिक गर्दै भने ।

कोरोना भाइरसको प्रकोप फैलने खतरा बढेपछि सरकारले विदेशबाट फर्किएकादेखि शंकास्पद बिरामीको सम्पर्कमा पुगेकासम्मलाई क्वारेन्टाइन अनिवार्य गरेको छ । क्वारेन्टाइनमा बसेका त्यस्ता व्यक्तिहरूलाई १४ दिने अवधिमा पनि कुनै लक्षण नदेखिएमा घर पठाउने गरिएको थियो । तर, त्यसरी घर पठाइएकी कैलालीकी एक महिलामा कोरोनाको संक्रमण भेटिएपछि सरकारले यसमा समीक्षा गर्दै नयाँ नियम बनाएको हो ।

त्यस्तै, आइतबार बसेको बैठकले कोरोनाविरुद्धको लडाइँमा ५० हजार स्वंसेविका परिचालन गर्नेलगायतका निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?