Comments Add Comment
औषधिमा कोरोना असर :

एचआईभीको औषधि मौज्दात सीमित, अवस्था उस्तै रहे अभाव हुने

२४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लक डाउनले एचआइभी संक्रमित प्रभावित बनेका छन् ।

सरकारले लकडाउनलाई थप कसिलो पारेपछि नियमित औषधि सेवन गरिरहेका एचआइभी संक्रमितहरू प्रभावित बनेका हुन् ।

औषधि सेवन गर्दै आएका संक्रमितहरूले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेका भए पनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाइ गरेपछि समस्या भएको हो ।

राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पुर्‍याएर सहजता प्रदान गरे पनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए ।

हाल देशभर एआर्टी लिनेको संख्या १८ हजार ५ सय ५५ छ ।

औषधि वितरणमा समस्या परेपछि महासंघले सम्बन्धित जिल्लाका एआरटी सेन्टरसँग समन्वय गरेर औषधि वितरण गरिरहेको छ ।

एचआइभी संक्रमितले लिँदै आएको औषधि एआर्टीको स्टक दुई महिनाका लागि मात्र छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि लिँदै आएका छन् ।  सेन्टरबाट आफ्ना औषधी लिनेहरुको घरघर औषधि पुर्‍याउने काम भइरहेकाे जनाइएकाे छ । हाल देश भर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधी लिदै आएका छन् । यस्तै देश भरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment