+
+

इन्धन ट्यांकर चालकको माग- स्वास्थ्यकर्मीसरह बिमा सुविधा देऊ

रुटअनुसार निश्चित स्थानमा खानाको प्रबन्ध गर

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते २१:२७

२४ चैत, काठमाडौं । नेपाल पेट्रोलियम चालक संघले कोरोना संक्रमणविरुद्ध खटिने स्वास्थ्यकर्मी सरह विमा सुबिधा माग गरेका छन् ।

सोमबार नेपाल आयल निगमलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै संघले त्यस्तो सुबिधा माग गरेको हो । ‘सरकारले घोषणा गरेको राहतमा चिकित्सक, नर्स, एम्बुलेन्स चालकहरु लगायतलाई २५ लाख रुपैयाँको बिमा गर्ने भनिएकामा त्यसमा यस क्षेत्रका चालक परिचालकहरुलाई पनि समेट्ने व्यवस्था मिलाइयोस्’ संघले निगमसँग भनेको छ ।

ट्यांकर चालकहरुलाई मास्क, स्यानिटाइजरको व्यवस्था गर्न, स्वास्थ्य सेवा निःशुल्क बनाउन तथा संकटको घडीमा तलब, सुबिधा र प्रोत्साहन भत्ता थप्न पनि चालकहरुले निगमको ध्यानाकर्षण गराएको छ ।

लकडाउनको समयमा बाटोका होटलहरु बन्द हुँदा खाना खान समस्या भएको भन्दै रुटअनुसार निश्चित स्थानमा खानाको प्रबन्ध गरिदिन पनि संघले निगमको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?