+
+
Shares

स्पेनमा नयाँ संक्रमित लगातार घट्दै

१५ प्रतिशत संक्रमित स्वास्थ्यकर्मी

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते १९:५६

२४ चैत, काठमाडौं । स्पेनको सबैजसो प्रान्तमा कोरोना भाइरस (कोभिड–१९)का नयाँ संक्रमितको संख्यामा लगातार कमी आएको छ । सीएनएनका अनुसार सोमबार नियमित बिफ्रिङको क्रममा स्पेनको सेन्टर फर हेल्थ इमर्जेन्सिजका प्रतिनिधि मारिया जोस सिएराले यो जानकारी दिएकी हुन् । भाइरसको महामारी कतातर्फ जान्छ भन्ने कुरा बुझ्न अझै केही समय लाग्ने उनले बताएकी छिन् ।

स्पेनको स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा कोरोना भाइरसको कारण छ सय ३७ जनाको मृत्यु भएको छ । यससँगै भाइरसबाट समग्र मृत्यु हुनेको संख्या १३ हजार ५५ पुगेको छ ।

आइतबारको तुलनामा यो संख्यामा ५ दशमलव १ प्रतिशत वृद्धि हो । प्रतिशतको हिसाबमा यो वृद्धिदर मार्चको शुरुयताकै कम हो । स्पेनमा समग्र संक्रमितको संख्या पनि एक लाख ३५ हजार नाघेको छ ।

स्पेनमा अहिलेसम्म ४० हजारभन्दा बढी संक्रमित निको भइसकेका छन् । स्पेनमा अप्रिल १ यता निरन्तर नयाँ संक्रमितको संख्यामा कमी आइरहेको छ ।

मारियाकाअनुसार स्पेनमा अहिले करिब १९ हजार चार सय स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्या मुलुकमा देखिएको समग्र संक्रमितको तुलनामा करिब १५ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?