+
+
Shares

कपिलवस्तु जिल्ला अस्पतालमा एक बिरामीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २४ गते २२:३१

२४ चैत, काठमाडौं । तौलिहवामा रहेको कपिलवस्तु जिल्ला अस्पतालमा एक बिरामीको ज्यान गएको छ ।

कपिलवस्तु विजयनगर–२ का गोबर्द्धन भरको सोमबार जिल्ला अस्पतालमा उपचारका क्रममा  ज्यान गएको कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका एसपी दीप शम्शेर राणाले जानकारी दिए ।

उनका अनुसार मृतक भर पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।

क्षयरोगको औषधि सेवन गरिरहेका भरलाई अचानक स्वास्थ्य समस्या भएपछि पाँच दिन अघि जिल्ला अस्पताल तौलिहवामा भर्ना गरिएको थियो ।

उनको निमोनियाका कारण ज्यान गएको प्रहरीले जनाएको छ । उनको थप परीक्षणको लागि पठाइएको छ भने थप रिपोर्ट आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

३० वर्षीय भरको ट्राभल हिस्ट्रीको बारेमा जानकारी नभइसकेको एसपी राणाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?