Comments Add Comment

पाँचखालका मदिरा पसलमा मेयर खरेलको छड्के

लकडाउनमा मेयरको व्यस्त दैनिकी

२५ चैत, काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले आफ्नो नगरमा कुनै पनि प्रकारको सरुवा रोग निर्मुल पार्ने उद्देश्यले दमकलमार्फत स्प्रे गर्न सुरु गरेको छ । मंगलबारबाट सुरु गरिएको अभियान प्रमुख व्यापारिक केन्द्र हुँदै बस्ती र टोलटोलसम्म पुग्ने जनाइएको छ ।

विश्व कोरोना भाइरसको महामारीले गुज्रिरहेका वेला पाँचखालले डिसइन्फेक्ट गर्ने अभियान थालेको हो । यसबाट कोरोना भाइरस, डेंगु लगायतका सरुवा रोगको नियन्त्रणमा सयहयोग पुग्ने विश्वार लिइएको नगरपालिकाका मेयर महेश खरेलले बताए ।

उनका अनुसार सुरुवाती चरणमा चार सय किलो ‘ल्कोरिनेसन’ खरिद गरी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड अनुसार स्प्रे सुरु गरिएको हो ।

मेयर खरेलका अनुसार नगरवासीको सुरक्षा र हौसलाका लागि यो अभियान थालिएको हो । अभियानमा प्रमुख प्रशसकीय अधिकृत लोकबहादुर भण्डारी, वडा अध्यक्षहरु सन्जय तामाङ, अष्ठ बहादुर तामङ, सुन्दर अधिकारी, सुन्दर तामाङ, समजसेवी कुमार लामिछाने, पाँचखाल उद्योग बाणिज्य संघका अध्यक्ष राजन कार्की, नगरपालिका कर्मचारीहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत पनि सरिक छन् ।

नगरका भट्टी अनुगमन

लकडाउनका बेला भट्टी पसलमा मानिसहरुको भिड लागेको गुनासो आएपछि मेयर खरेलले छड्के अनुगमन पनि गरेका छन् । उनले तीनपिप्ले, तामाघाट, समाजकल्याण चोक, लामिडाँडा र जिरोकिलो क्षेत्रको बजार अनुगमन गरेका हुन् ।

बजार अनुगमनका क्रममा भट्टी पसलहरु निर्वाध रुपमा खुलेको देखेपछि नगर प्रमुख खरेलले तत्काल बन्द गराइएको जनाएाक छन् । पुनः दोहोर्याएर पसल खोले सञ्चालकलाई पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका छन् ।

लकडाउनको अर्थ नबुझी भट्टी पसल खोलेर हुलहुज्जत गरेपछि आफैँ अनुगमनमा निस्किनु परेको खरेलले जनाए । ‘यो महामारीका बेला रमाइलो गर्ने समय होइन’, उनले भने, ‘आफ्नै घरभित्र बस्ने, सुरक्षित रहने तर, अहिले त्यस्तो देखिएन, त्यसैले कडाइ गर्न आफै निस्किएँ ।’

किसानको खेतवारीमा मेयर

काठमाडौँमा हुने तरकारीको मागको ३० प्रतिशत धान्ने पाँचखालमा तरकारी उत्पादन गर्ने किसानलाई हौसला दिन खरेक नियमित रुपमा तरकारीबारीमा पुग्छन् । आलु खन्ने सिजन रहेको पाँचखालका किसानलाई हौसल्ला दिन विभिन्न वडाम रहेका फाँटमा पुगेको उनी बताउँछन् ।

पाँचखालमा उत्पादन भएका तरकारी बजारसम्म पुर्याउन नगरले गर्नुपर्ने सहयोग सबै गर्ने नगर प्रमुख खरेललको भनाइ छ ।

खरेलले काम गर्ने कुरामा पनि दूरि कायम गरेर गर्न किसानहरुलाइ आग्रह गरेका छन् । नगरले तरकारी, दूध, खाद्यान्न ढुवानी गर्ने सवारीसाधनलाई छुट्टै पासको ब्यबस्थापन गरेको छ । दूध संकलन गर्ने ठाउँमा दुरि कायम गरिएको उनले जनाए ।

साथै, यो कार्यमा संलग्नलाई सेनिटाइजर, मास्क लगायतका सामाग्री बितरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment