+
+
Shares

संघीय संसदले केन्द्रीय राहत कोषमा पठायो १ करोड

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २५ गते १४:५४

२५ चैत, काठमाडौं । संघीय संसद् सचिवालयले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले गठन गरेको केन्द्रीय राहत कोषमा १ करोड बढी रकम जम्मा गरेको छ ।

पहिलो चरणमा मंगलबार सचिवालयले महालेखा नियन्त्रकको कार्यालयमार्फत १ करोड १ लाख ३२ हजार ८ सय रुपैयाँ पठाएको सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले जानकारी दिए ।

कोषलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्टियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहालले १ महिनाबराबरको रकम सहयोग गरेका छन् ।

यस्तै, नेकपा संसदीय दलका १ सय ९५ जना सांसदले आधा महिनाको तलब सहयाेग गरेका छन्ज । निजी सचिवालय, स्थायी तथा करार कर्मचारीले पनि कोषमा योगदान गरेका छन् ।

पहिलो चरणमा संघीय समाजवादी फोरमका सांसद् प्रदीप यादव र राष्टिय जनमोर्चाकी सांसद् दुुर्गा पौडेलको एक महिना बराबरको तलब पनि पठाइएको छ ।

संघीय संसद् सचिवालयका अनुसार बाँकी सांसदहरूले कोषमा जम्मा गरेको राहत रकम भने अर्को महिना जम्मा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?