+
+
Shares

संसदको पाँचौं अधिवेशनले छान्न सकेन उपसभामुख

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७६ चैत २५ गते १५:०९

२५ चैत, काठमाडौं । उपसभामुखको निर्वाचन नभई संघीय संसदको पाँचौं अधिवेशन सकिएको छ ।

माग १२ गते सभामुखको चयन भए पनि उपसभामुखको निर्वाचन भने हुनै नसकी पाँचौं अधिवेशन सकिएको छ । एउटै दल र लिंगका व्यक्ति सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्था व्यवस्था बमोेजिम नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएपछि उपसभामुख पद खाली छ ।

सापकोटालाई सभामुख बनाउने निर्णय गर्नुअघि उनले सभामुखमा दाबी गरेकी थिइन् । पूर्वएमाले र माओवादीको आन्तरिक प्रतिस्पर्धाका कारण उनले सभामुख पाउन सकिनन् । उपसभामुखबाट राजीनामा दिएपछि उनलाई कानून मन्त्री बनाइएको छ ।

उपसभामुखको निर्वाचनपूर्व कार्यव्यवस्था परामर्श समितिमा सभामुखले एजेण्डाको रुपमा प्रवेश गराएर छलफल गर्नुपर्ने हुन्छ । उपसभामुखको निर्वाचन गर्ने दलीय सहमतिको आधारमा सभामुखले सदनमा मिति तोक्ने व्यवस्था छ ।

निर्वाचनको मिति तोकेसँगै निर्वाचन अधिकृत तोकिन्छ र उनले निर्वाचनको कार्यतालिका बनाउँछन् । सोही अनुसार उपसभामुखको निर्वाचन हुने गर्छ ।

तर, यो सबै प्रक्रिया छैठौं अधिवेशनमा हुनेछ ।

लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?