२४ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीको प्रभाव अहिले सारा विश्वमा छ । नेपालमा अहिले लकडाउन छ । सरकारले दोस्रो पटक लकडाउनको मिति थपेको छ । अब २०७७ बैशाख ३ गतेसम्म लकडाउन हुन्छ ।
लकडाउनले नेपाली खेलकुद पनि यसबाट धेरै प्रभावित बनेको छ । कोरोना भाइरस महामारीको कारण अहिले खेलकुद गतिविधि ठप्प हुँदा अन्य खेलाडी जस्तै उनी पनि घरमै बस्न बाध्य छन् ।
नेपाल सरकाले घोषणा गरेको लकडाउनका कारण अहिले सबै घरभित्रै छन् । यस अवधिमा कोही पनि घरबाट बाहिर निस्कन मिल्दैन । सबैको लागि यो एकदमै नौलो अनुभव हो । झन् मैदानमा खेलिरहने, ट्राभल गर्ने र ट्रेनिङ गर्ने खेलाडीहरुको लागि त अझै नयाँ हो ।
सधैँ खेल्ने खेलाडीलाई घरमै मात्र बस्दा कस्तो अनुभव होला ? १३औं दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जितेकी तेक्वान्दो खेलाडी काजल श्रेष्ठ घरमै बस्दा तालिम सबैभन्दा धेरै मिस भएको बताउँछिन् । उनले पहिला धेरै तालिम हुँदा थकाइ लाग्ने गरेको, तर अहिले धेरै फुर्सद हुँदा थकाइ लागेको बताइन् ।
उनै काजलसँग लकडाउन र मनपर्ने प्रिय विषयमा गरिएको कुराकानी :
१. लकडाउनमा के-के गरिरहनुभएको छ ?
लकडाउनले गर्दा घरमै बसिराछु । परिवारसँग समय बिताइराछु । अनि सेल्फ ट्रेनिङ गरिरहेकी छु ।
२. कोरोनाबाट बच्न के-के गरिरहनुभएको छ ?
घरबाट बाहिर निस्किएको छैन । केही काम गर्नेबित्तिकै साबुन पानीले हात धुने गरेको छु । शरीरलाई हाइडि्रड बनाउन पानी पिइरहेको छु । सेनिटाइजर प्रयोग गर्छु, घर सफा राख्छु ।
३. खेल्न नपाउँदा के भइरहेको छ ?
ट्रेनिङ एकदमै मिस गरिराको छु । त्यो ट्रेनिङ म्याट, त्यो गार्ड चेस्ट, प्याडहरु सबै मिस भइराछ । शरीर र खुट्टा एकदमै गाह्रो भइरहेको छ ।
४. धेरै फुर्सद हुँदा कस्तो हुने रहेछ ?
पहिला तालिमले गर्दा अलिकति फुर्सद हुँदैनथ्यो । थकाइ लाग्थ्यो । तर अहिले फुर्सद नै फुर्सद हुँदा पनि एकदमै थकित छु ।
५. घरबाट बाहिर निस्कन नपाउँदा के लाग्छ ?
घरबाहिर निस्कन नपाउँदा चाँहि अलि धेरै बन्देज जस्तो लाग्छ । गुरु साथीहरु, तालिम सबै मिस गरिराछु ।
६. अहिले कुन साधन चढ्नु हुन्छ ?
अहिले त घरमै बसिरहेको छु । डियो स्कुटर छ मसँग ।
७. मन पर्ने नेपाली खेलाडी ?
दीपक विष्ट, संगिना वैद्य, अशोक लामा ।
८. मन पर्ने विदेशी खेलाडी ?
जेड जोन र ली डाइ
९. कुन मोबाइल चलाइरहनुभएको छ ?
आइफोन सेभेन प्लस
१०. आफ्नो खेल बाहिरको मन पर्ने खेल र खेलाडी ?
कोनोर म्याकग्रेगोर, युएफसी
११. कुन भिडियो गेम खेल्नु हुन्छ ?
भिडियो गेम खेल्दिनँ ।
१२. टिमको सबैभन्दा नजिकको खेलाडी ?
सक्षम कार्की ।
१३. मन पर्ने गायक ?
जस्टिन बिबर ।
१४. मन पर्ने मुभी ?
हाचिको
१५. मन पर्ने नायक ?
रणविर सिंह
१६. मन पर्ने गीत ?
मरुन फाइभको मेमवरिज ।
१७. खेलाडी नभएको भए के हुन्थ्यो ?
सी.ए. पढ्थें ।
१८. अहिलेसम्मको सम्झन लायक क्षण ?
१३औं सागमा गोल्ड मेडल जित्दाको क्षण ।
१९. सबैभन्दा मिल्ने खेलाडी ?
सबैसँग मिल्छु ।
२०. कोही खेलाडीसँग खेल्न मन लागेको तर नपाएको ?
क्यानेडियन वाईभेट योङ । मेरो तौल समूहमा ४६ माइनसको नम्बर वान खेलाडी हो ।
२१. जान्नुपर्ने, तर नजानेको कुरा ?
खाना पकाउन ।
२२. तत्कालै सिक्न मन लागेको कुरा ?
पौडी ।
२३. तपाईंलाई किन्न मन लागेको वा चढ्न मन लागेको साधन ?
बेनेली
२४. तपाईंसँग भएको कुनै महंगो सामान ?
स्कुटर ।
२५. अहिलेसम्म पाउनुभएको महंगो गिफ्ट ? कोबाट पाएको ?
स्कुटर र ममी बुबा ।
प्रतिक्रिया 4