Comments Add Comment

ला लिगा मे अन्तिमबाट सुरु गर्ने तयारी

काठमाडौं । कोरोना भाइरस महामारीको कारण स्थगित भएको स्पानिस ला लिगा फुटबल आगामी मे अन्तिममा पुन : सुरु गर्ने तयारी भइरहेको छ । ला लिगाका अध्यक्ष ह्याभिएर तेबासले ला लिगा मे २८ देखि सुरु गर्ने तयारीका सात छलफल भइरहेको बताए ।

गत मार्च ११ यता कुनै पनि स्पानिस क्लबले कम्पिटेटिभ फुटबल म्याच खेलेका छैनन् । एट्लेटिको मड्रिडले च्याम्पियन्स लिगको साविक विजेता लिभरपुललाई पराजित गर्नु नै स्पानिस क्लबको पछिल्लो खेल हो ।

स्पेनमा अप्रिल २६ सम्मको लागि फुटबल गतिविध स्थगित नै छ । उक्त आपतकालिन अवस्था नहटेसम्म ट्रेनिङ पनि शुरु नहुने तेबासले बताए ।

यदी यस सिजन रद्ध भए क्लबहरुले १ बिलियन युरो सम्म गुमाउने सक्ने तेबासको अनुमान छ ।

तेबासले फेरी ला लिगा शुरु गर्नका लागि तीन वटा मितिबारे युइएफसंग छलफल भइरहेको बताए । ‘फरक अवस्थामा हामीले फेरि खेलमा फर्कनका लागि युइएफएसँग छलफल गरिरहेका छौँ । त्यसका लागि सबैभन्दा उपयुक्त सम्भावित मितिमा २८ मे, ६ जुन वा २८ जुन रहेको छ ।’ तेबासले भने । ‘हामी ठ्याक्कै यही मिति भन्न सक्दैनौँ । यो हामीलाई स्पेन सरकारले दिनेछ । तर हामीसंग त्यो भन्दा अगाडि नै ट्रेनिङमा फर्कन समय छ ।’

तेबासले ला लिगाले डोमेस्टिक सिजन पूरा हुन नसक्ने बारे विचार नगरेको समेत बताए । ला लिगामा अझै ११ राउण्डको खेल बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment