Comments Add Comment

कोरोना प्रभावित साइप्रसका नेपालीलाई जनसम्पर्क समितिको सहयोग

२६ चैत, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित नेपालीहरुलाई नेपाली जनसम्पर्क समिति साइप्रसको पहलमा राहत वितरण गरिएको छ । अध्ययनको सिलसिलामा साइप्रस गएकाहरु लकडाउनका कारण बेरोजगार भई समस्यामा परेका विद्यार्थीहरुलाई सहयोग गरिएको नेपाली जनसम्पर्क समितिले जनाएको छ ।

विश्वलाई नै प्रभावित गर्ने कोरोना महामारीबाट साइप्रसमा रहेका विद्यार्थीहरुले समेत समस्या भोगेकोले उनीहरुलाई सहयोग गरिएको नेपाली जनसम्पर्क समिति साइप्रसकी अध्यक्ष सीता अर्यालले जानकारी दिइन् ।

अर्यालका अनुसार पहिलो चरणमा ३० जनालाई विभिन्न खाद्य सामग्रीको प्याकेज बनाएर वितरण गरिएको थियो । जुन प्याकेजमा दैनिक उपभोग्य सामग्रीहरु समेटिएको छ । दोस्रो चरणमा थप २० जनालाई सहायता सामग्री वितरण गरिएको छ ।

कोषमा रहेको रकम सकिँदै गएको भन्दै समितिले थप सहयोगीहरुसँग समन्वय गरेर भएपनि यो अभियानलाई लकडाउन अवधिभर जारी राख्ने जनाएको छ ।

यस्ता सामग्रीहरु घरघरमा वितरण गरिएको समितिले जनाएको छ । जसको लागि सुपरमार्केटका प्रतिनिधिहरु वा लकडाउनमा सञ्चालनको लागि पास प्राप्त गरेका व्यापारी वा अरु सहयागीहरु विद्यार्थीको घरघरमा यस्ता सामग्रीहरु पुर्‍याइएको छ ।

कोरोना भाइरसका कारण साइप्रसमा गत मार्च २४ देखि अप्रिल १३ सम्मका लागि लकडाउन आह्वान गरिएको छ । यो अझै थपिने अवस्था रहेका देखिन्छ । यस्तो अवस्थामा एक दिन काम गरेर सात दिनको गुजारा चलाउने नेपाली विद्यार्थीहरुलाई सहयोग गरिएको हो ।

साइप्रसमा हालसम्म नेपाली दूतावास स्थापना गरिएको छैन । यहाँ अहिले साइप्रस पनि इजरायली दूतावासको कार्यक्षेत्र भित्र राखिएको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment