Comments Add Comment

एक हुन नसकेको नेपाली फिल्म क्षेत्र

विश्वभर कोभिड १९ को संक्रमण फैलिएसँगै धेरै देशहरु लकडाउनको अवस्थामा छन् । लकडाउनका कारण मानिसहरु घर भित्रै छन् । यो समयमा मानिसहरुलाई आर्थिक, मानसिक सहयोगको आवश्यकता छ ।

विश्वका विभिन्न देशका कलाकारहरु एक भएर यो लडाइमा जनताको साथमा रहेको महशुश गराइरहेका छन् । बलिउड र साउथका कलाकारहरु एक भएर तयार पारेको एक भिडियो अहिले चर्चामा छ, जहाँ उनीहरु एक भएर विपन्न परिवारलाई सहयोग मात्र गरिरहेका छैनन्, आफूहरु एक भएको महशुश पनि गराएका छन ।

तर, यो अवस्थामा नेपाली चलचित्र क्षेत्रले एकता देखाउन सकेको छैन् । हुनत, नेपाली चलचित्र क्षेत्रले एक भएको मान गराएन र जनतालाई आफनोपनको महशुश गराउन अरु बेलामा पनि चुकेको देखिन्छ ।

कलाकार दीपकराज गिरीले नेपाली चलचित्रमा सबै जना हिरो मात्र हुनुपर्छ भन्दै असन्तुष्टी पोखे । उनको यो भनाइले पनि के बुझ्न सकिन्छ भने, हामीमा आफैँ-आफैँ अगाडि बढ्ने बानी छ ।

उनको असन्तुष्टीमा समर्थन जनाउँदै नायिका वर्षा राउतले नेपाली चलचित्रकर्मीहरु यस्तो समयमा पनि एक आपसमा लडिरहेको भन्दै गुनासो पोखिन । उनले, यहाँ कसले भन्दा कसले धेरै दिने भन्ने प्रतिस्पर्धा चलेको, कसले कती दियो, अरुको कपी गरेको सुनिने गरेको भन्दै जवाफ लेखिन् ।

दीपक र वर्षाको यी दुइ स्टाटसले पनि यो भन्न सकिन्छ कि, हामीले कुनै पनि समय एकता देखाउन सकेका छैनौँ ।

यो बेलामा भलै, सबै लकडाउनमा छौँ । तर, यस्तो अवस्थामा पनि कलाकारहरुले आफूहरु एक भएको र जनतालाई हामी साथमा छौ भन्ने महशुश गराउन नसकेको देखिन्छ ।

यसैले, यो बेलामा प्रतिस्पर्धा, आरोप भन्दा पनि चलचित्र क्षेत्र एक छ भन्ने सन्देश दिन आवश्यक छ । यसका लागि कुनै न कुनै चलचित्रकर्मीले नेतृत्व लिएर अरुसँग हातेमालो गर्न आवश्यक छ । चलचित्र क्षेत्र सिर्जनात्मक क्षेत्र हो । जनतालाई, सिर्जनाकै माध्यमबाट चलचित्रकर्मीले साथमा रहेको महशुश गराउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment