Comments Add Comment

खरिद प्रक्रिया पारदर्शी बनाऊ : देउवा

२६ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारसँग माग गरेका छन् ।

कोरोना भाइरस संक्रमणको सम्भावित बिरामीको स्वास्थ्य परीक्षण गर्न र संक्रमण पुष्टि भइसकेका बिरामीको उपचार गर्न अत्यावश्यक स्वास्थ्य सामग्री खरिद प्रक्रियामा देखिएको विवादबारे देउवाले सरकारको ध्यानाकर्षण गराएका हुन् । न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै देउवाले भने, ‘जेजति कुरा अगाडि बढेका छन्, सरकारले किन्न खोजेको छ । त्यसमा पारदर्शिता हुन आवश्यक छ ।’

स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ओम्नी समूहसँग गरेको सम्झौता विवादित भएको थियो। विवाद भएपछि सरकारले ओम्नी समूहसँग सम्झौता रद्द गरी खरिदको जिम्मा सेनालाई दिएको छ ।

कांग्रेस सभापति देउवाले लकडाउन कति दिन आवश्यक छ भन्ने विषयमा छलफल थाल्नुपर्नेमा समेत जोड दिएका छन् ।

पूर्व प्रधानमन्त्री देउवाले सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुको उचित व्यवस्थापन गर्न र कोरोना संक्रमणको परीक्षणलाई तीब्रता दिन सरकारलाई आग्रह गरे । सामाजिक दुरी कायम गर्न र मास्क प्रयोग गर्न जनतालाई अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment