Comments Add Comment

जब पहिलो मासिक स्राव सुरु हुन्छ

छोरीहरु किशोर चरणमा प्रवेश नगर्दै मासिक स्राव सुरु हुनसक्छ । विगतमा १३ बर्षदेखि मासिक स्राव सुरु हुन्थ्यो भने अहिले ८ बर्षको उमेरमा पनि मासिक स्राव सुरु भएको पाइन्छ । धेरैजसोको ११ देखि १३ बर्षको उमेरमा पहिलो मासिक स्राव हुन्छ । यद्यपी कसैको भने ८ बर्षको उमेरमै र कसैको १६ बर्षपछि पनि मासिक स्राव सुरु हुन सक्छ ।

चाहे ८ बर्षमा होस् वा १३, मासिक स्राव एक नियमित प्रक्रिया हो ।

छोरीहरु हुर्कदै गएपछि उनीहरुको शारीरिक परिवर्तनसँगै मासिक स्राव सुरु हुन्छ । र, सुरुको मासिक स्राव एक हिसाबले अनपेक्षित हुन्छ । जुनसुकै बेला वा जुनसुकै अवस्थामा मासिक स्राव हुनसक्छ । त्यसैले यसका लागि आफ्ना छोरीलाई मानसिक एवं शारीरिक रुपमा तयारी राख्नु उचित हुन्छ ।

यसका लागि आमा तथा दिदीहरुले राम्रो भूमिका खेल्न सक्छन् ।

मासिक स्राव जतिबेला सुरु हुन्छ, त्यसबेला उनीहरुले यस सम्बन्धमा कुनै जानकारी पाइसकेका हुँदैनन् । अप्रत्यसित रुपमा मासिक स्राव हुँदा उनीहरु डराउन वा चिन्तित हुन सक्छन् । अतः आमा तथा दिदीहरुले उनलाई यो स्थिती आउन नदिनका लागि आवश्यक सहयोग गर्न सक्छन् ।

उनीहरुले आफ्ना छोरी वा बाहिनीहरुलाई भन्न सक्छन्, मासिक स्राव एक स्वभाविक प्रक्रिया हो । यो कुनैपनि बेला सुरु हुनसक्छ । मासिक स्राव सुरु हुँदा यस किसिमको परिवर्तन देखिन्छ । मासिक स्राव सुरु हुनुअघि शरीरमा यस्तो लक्षणहरु पनि देखापर्न सक्छ । मासिक स्रावको बेला दुखाई वा छटपटी हुनसक्छ । यी कुराहरु उनीहरुले बुझ्ने भाषामा भन्न सक्छन् ।

त्यससँगै उनीहरुको मनोबल बढाउन र यस प्रक्रियालाई स्वभाविक हो भनी बुझाउन आफ्नो मासिक स्रावको कथा सुनाउन सक्छन् । पहिलो पटक आफ्नो मासिक स्राव कहाँ, कसरी भयो ? प्रसंग सुनाउन सक्छन् ।

यी कुरा सम्झाउनुपर्छ

मासिक स्राव स्वभाविक प्रक्रिया हो । त्यसैले यसमा खासै चिन्ता मान्नु पर्दैन । १० देखि १५ बर्षको उमेरमा किशोरीको अन्डकोसले हरेक महिना एउटा विकसित अन्डा पैदा गर्न सुरु गर्छ । यो अन्डा फ्लोपियन ट्युवद्वारा भित्र प्रवेश गर्छ ।

जब अन्डा गर्भमा पुग्छ, त्यसको स्तर रगत र तरल पदार्थमा मिलेर गाढा हुन्छ । यसमा त्यही अन्डाको बिकास हुन्छ, जो शिशु पैदा हुनका लागि तयार हुन्छ । त्यही बेला अन्डा पुरुषको वीर्यको सम्पर्कमा आयो भने किशोरीले गर्भधारण गर्न सक्छन् । नभए, उक्त अन्डा रगतको रुपमा योनीबाट बाहिर आउँछ ।

के हरेक महिना हुन्छ ?

औसन मासिक धर्म चक्र २८ दिनको हुन्छ । यद्यपी यो व्यापक रुपले अलग पनि हुनसक्छ । सुरुवाती दिनमा मासिक स्राव अनियमित हुन सक्छ । तपाईको मासिक स्राव नियमित हुनका लागि १–२ बर्ष लाग्न सक्छ । यद्यपी कहिले कहिं अनियमित पनि हुन सक्छ ।

के पहिलो पीरियडमा पीडा हुन्छ ?

निश्चय नै पहिलो मासिक स्रावको बेला पीडा हुन सक्छ । यद्यपी यो सबैमा एकसमान नहुन सक्छ । कसैलाई कम पीडा हुन्छ, कसैलाई बढी ।

धेरै पीडा भए के गर्ने ?

– आइब्रुफेन, एस्पिरिन र नेप्रोक्सेन नामक औषधीले पीरियडको दुखाई कम गर्न सहयोग गर्छ ।

–             हट व्यागले पेट सेक्नुपर्छ ।

–             धेरै बलको काम गर्नु हुँदैन ।

–             पर्याप्त आरम गर्नुपर्छ ।

कति दिनसम्म ब्लिडिङ हुन्छ ?

यो पनि सबैमा एकरुपता हुँदैन । यद्यपी सुरुमा कम्ती रगत बग्छ र क्रमस धेरै बग्दै जान्छ । यो क्रम ३ देखि ७ दिनसम्म चल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment