Comments Add Comment

सौन्दर्यका लागि घरेलु विधी : किन चाहियो कस्मेटिक उत्पादन ?

धेरैको भान्सामा मह हुन्छ, कागती हुन्छ, कफी हुनसक्छ । जैतुनको तेल, गुलाब जल भए अरु काइदा हुन्छ । आफ्नो सौन्दर्यका ख्याल राख्नेहरुले पार्लर धाइरहनुपर्दैन । कस्मेटिक उत्पादन खरिद गरिरहनु पर्दैन । घरमै बसेर पनि अनुहार, केस आदिको स्यहार गर्न सक्छन् ।

महको प्याक

महमा भिटामिन बि र सी हुन्छ, जसले छालामा पोषण प्रदान गर्छ । चिसो पानीमा महको केहि थोपा चुहाइदिने । यसले अनुहार धुनुपर्छ । महको मिश्रणयुक्त पानीले मुख सफा गर्दा अनुहार मुलायम र चम्किलो हुन्छ ।

कागती 

कागतीलाई फेसवासको रुपमा प्रयोग गर्न सकिन्छ । ताजा कागतीको रस र सफा पानीले अनुहार धुनुपर्छ । यसले अनुहारमा चमक ल्याउनका साथै ताजा पनि महसुष गराउँछ ।

जैतुनको तेल मसाज

मसाजले अनुहारमा चमत्कारी परिवर्तन ल्याइदिन्छ । जैतुनको तेल यसका लागि सर्बोत्तम मोश्चराइजर हो । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि हुन्छ । जैतुनको तेलको केहि थोपा हातमा राखेर अनुहार मसाज गर्नुपर्छ ।

कफीको स्क्रब

कफीमा रहेको एन्टिअक्सिडेन्टले अनुहारको रक्तप्रवाह सुचारु गराउँछ । कफीको स्क्रबले छालको मृत्त कोशिका हटाउँछ र अनुहारलाई रसिलो बनाइराख्छ ।

अनुहारमा बरफले रगड्ने

बरफले अनुहार रगड्दा तत्कालै ताजा अनुभव गर्न सकिन्छ । बफरले अनुहारमा रगड्दा छाला कसिलो हुन्छ । यसले गर्दा अनुहारको चाहुरीपन घट्छ । मुलायम कटनको कपडामा बरफको टुक्रा राखेर अनुहारमा हल्का ढंगले मसाज गर्नुपर्छ ।

गुलाब जल

गुलाब जलमा हाइड्रेटिङ र छालाको चमक बढाउने गुण हुन्छ । गुलाब जललाई अनुहारमा लगाउने । अनुहार क्षणभरमै ताजा देखिन्छ । चम्किलो देखिन्छ ।

अनुहारको व्यायाम

समग्र शरीरको व्यायाम गर्दा पनि अनुहारको व्यायाम गरिदैन । अनुहारको छुटै व्यायाम गर्न सकिन्छ । अनुहारको व्यायाम कसरी गर्ने ?

मुखमा हावा भरेर ओंठ बन्द गर्ने, मुख फुलाउने । हावा फ्याक्ने । यो क्रिया २० पटकसम्म दोहो¥याउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment