+
+
Shares

खुल्यो तातोपानी नाका

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते ११:०५

२७ चैत, काठमाडौं । गत माघदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका सञ्चालनमा आएको छ । अत्यावश्यक सामग्री ल्याउन लागि बुधबार साँझदेखि नाका खोलिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले अनलाइनखबरलाई जानकारी दिए ।

पहिलो दिन १० बाकस सेनिटाइजर र १९ बाकस मास्क भित्रिएको छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसारको हेल्थडेस्क राखेर नाका खोलिएको खनालको भनाइ छ ।

शुक्रबार ठूला परिमाणमा सामान आइपुग्ने तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए ।  तत्कालका लागि चीनले अत्यावश्यक वस्तु मात्रै नाका भएर पठाउने जानकारी दिएको उनको भनाइ छ ।

चीनमा कोरोना (कोभिड-१९)को संक्रमण बढेपछि १३ माघदेखि नाका बन्द थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?