Comments Add Comment

श्रीमानले हानेको गोली लागेर युवतीको मृत्यु

२७ चैत, कैलाली । बाजुरामा गोली प्रहारबाट एक महिलाको हत्या भएको छ । गौमुल गाउँपालिका ४ कि ३३ वर्षीया सुन्तु रोकायाको उनकै श्रीमानले हानेको बन्दुकको गोली लागेर मृत्यु भएको हो ।

४० वर्षका गोरख रोकायाले भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानेको प्रहरीले बताएको छ । रोकायालाई प्रहरीले पक्राउ गरिसकेको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख दानबहादुर बोगटीले जानकारी दिए ।

रोकाया एक थान बरुवा बन्दुकसहित पक्राउ परेका हुन् । हत्या गरिएको अवस्थामा शव फेला पारेपछि बिहीबार बिहान माइती पक्षले प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment