+
+

भारतमा कोरोना भाइरसबाट डाक्टरको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २७ गते १८:०१

२७ चैत, काठमाडौं । भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)को कारण एक डाक्टरको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार ६२ वर्षीय डाक्टर शत्रुघ्न पञ्जवानीको कोरोना भाइरसको कारण मृत्यु भएको हो ।

यो घटनाबारे प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । भाइरसको संक्रमण पुष्टि भएपछि उनको उपचार चलिरहेको थियो । तर, उनको अवस्था भने गम्भीर बनेको थियो ।

बिहीबार बिहान उनको मृत्यु भएको हो । मध्यप्रदेशमा कोरोनाको कारण पहिलोपटक डाक्टरको मृत्यु भएको हो । यद्यपि धेरै डाक्टरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डाक्टरको मृत्युको समाचारसँगै प्रशासनले स्वास्थ्यकर्मीलाई विशेष सावधानी अपनाउन सुझाव दिएको छ । कोरोना भाइरसको उपचार गराइरहेका धेरै डाक्टर अहिले आफ्नो परिवारलाई संक्रमण हुने आशंकाले घर जान सकिरहेका छैनन् ।

पछिल्लो समय नयाँ संक्रमितको संख्या बढेसँगै मध्यप्रदेशको धेरै स्थानलाई पूर्ण रुपमा बन्द गरिएको छ । प्रदेश सरकारले लकडाउन खुलेपछि पनि प्रदेशको सपिङ मल, धार्मिक स्थल र स्कुल कलेज एक महिना बन्द गर्न सक्ने बताइएको छ ।

भारतमा पछिल्लो केही दिनयता कोरोना भाइरसका संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?