+
+
Shares

सहयोग रकम व्यक्तिगत खातामा राख्न नपाउने एनआरएनएको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १०:५७

२८ चैत, काठमाडौं । गैरआवासाीय नेपाली संघ (एनआरएनए)ले कोरोना भाइरस (कोभिड–१९) महामारीका लागि व्यक्तिगत रुपमा आर्थिक संकलनमा रोक लगाएको छ । संघको १७ बुँदे कार्यविधिमा आफ्ना कुनै पनि सदस्यले कोरोना कोषका लागि व्यक्तिगत खाता सञ्चालन गर्न नपाउने उल्लेख छ ।

आर्थिक पारदर्शिताका लागि राष्ट्रिय समिति र आइसीसीमार्फत आर्थिक संकलन गर्न सकिने राहत कोष संकलन समितिका संयोजक महेशकुमार श्रेष्ठले बताए । संघका सदस्यलाई केन्द्रीय अनलाइन प्रणालीमार्फत वा संघको राष्ट्रिय समितिको खातामा आर्थिक सहयोग गर्न भनिएको छ ।

संकलिन रकम कोरोना सुरक्षा सामग्री, दैनिक जीविकोपार्जनमा लाग्ने खर्च, मृतकको अन्त्येष्टि, विदेशमा अलपत्रलाई स्वदेश ल्याउन खर्च गरिने संघका महासचिव हेमराज शर्माले जानकारी दिए ।

नेपाल सरकारले भने कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमार्फत सहयोग संकलन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?