
हाँस्य कलाकार किरण केसी कलाकारितासँगै समाजसेवामा पनि सक्रिय छन् । किरणको घर छेउकाे चोकलाई राता मकै चोक राखिएको छ । उनले, सो चोकमा गेट निर्माण समेत गरेका छन् ।
उनै, किरणले कोरोना भाइरसले नेपाल लकडाउन भएको समयमा महालक्ष्मी नगरपालिकालाई सहयोग गरेका छन् ।
दैनिक काम गरेर जीवनयापन गर्ने मजदुरहरुका लागि भन्दै किरणले सय बोरा चामल र दश हजार माक्स नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।
अब, यो सहयोग विपन्न परिवारलाई नगरपालिकाले सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गर्ने बताइएको छ । निर्माता तथा कलाकार केसी र राज केसी मिलेर सहयोग गरेका हुन् ।
कोरोनाका कारण दैनिक काम गरेर जीवन धान्ने कैयौँ मजदुरहरु समस्यामा परेपछि नेपाली चलचित्रकर्मीहरु पनि सहयोगका लागि अगाडि आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4