Comments Add Comment

साम्राज्ञीका लागि असफल वर्ष २०७६

नेपाली चलचित्रका लागि यो वर्ष औषत रह्यो । दर्शकले निकै कम चलचित्रलाई मात्र विश्वास गरे । कलाकारको हकमा पनि यस्तै कुरा लागू भयो । थोरै मात्र कलाकार दर्शकको मनमा बस्न सफल रहे ।

यो वर्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि निकै नै खराब रहन पुग्यो । उनी अभिनित दुई चलचित्र रिलिज भए । ती  दुबै चलचित्र बक्स अफिसमा खरो उत्रन सकेनन् ।

चलचित्र ‘मारुनी’ले समीक्षात्मक रुपमा सफलता पायो । यो चलचित्रको व्यापार औषत रहेपनि साम्राज्ञीकै कारण चलचित्र चलेन ।चलचित्रको इनिसियल व्यापार खराब रहनुले पनि यो कुरा भन्न सकिन्छ ।

साम्राज्ञीको अपेक्षित अर्को चलचित्र ‘रातो टिका निधारमा’ बक्स अफिसमा पत्तासाफ नै भयो । अशोक शर्माको निर्देशनमा तयार भएको चलचित्रलाई दर्शकले रुचाएनन् । जसलेगर्दा, साम्राज्ञीलाई ठूलै झटका लाग्यो ।

दुबै चलचित्र असफल भएपछि नायिका शाहले नयाँ चलचित्र साइन गर्न सकेकी छैनन् ।

बरु, यो वर्ष उनको बाली पुग्दाको केही तस्वीरले चर्चा पायो । बालीमा आफना पेमीसँग घुम्दा उनको अन्तरंग तस्वीर सार्वजनिक भयो । जसले, उनको चर्को आलोचना मात्र भएन, स्टारडम पनि कमजोर बनायो ।

यसैले, यो वर्ष नायिका शाहका लागि निकै नै खराब रहन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment