+
+
Shares

सात प्रदेश सरकारलाई निर्माण व्यवसायी महासंघको ९१ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १२:३१

२८ चैत, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सातवटा प्रदेश सरकारलाई १३ लाखका दरले ९१ लाख रुपैयाँ सहयोग गरेको छ ।

सबै निर्माण व्यवसायीहरूको निर्माण कार्यको बिलबाट कट्टा गरी जम्मा भएको निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत रहेको निर्माण व्यवसायी कोषबाट खर्च हुने गरी सहयोग गरेको संघका महासचिव रोशन दाहालले जानकारी गराएका छन् ।

महासंघले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि केन्द्र सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

यसरी दुई पटक गरी महासंघले कोरोना भाइरस (कोभिड १९) को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि १ करोड ९१ लाख रूपैयाँ सहयोग गरेको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?