Comments Add Comment

देशमा को–भिड ? विदेशमा को–रोना ?

कोरोना भाइरस अहिले सार्वलौकिक भएर संसारभर फैलिएको छ ।अहिले विश्वयुद्ध चलिरहेको छ कोरोना भाइरससँग । हाम्रो जित अवश्य हुनेछ र हुनु पनि पर्छ ।

अहिले सरकारले कोरोना रोकथामका लागि चालेका कदम प्रिय छन् । विदेशीभन्दा एक कदममाथि, आफ्नो बलबुँताले भ्याउने, पूर्वाधारले सक्ने । तथापि विज्ञहरुको सुझाव संकलन र कार्यान्वनको दायरा बढाउनुपर्छ होला ।

सजग हुनुपर्छ, आत्तिनुहँुदैन, जनतालाई अत्याउन हुँदैन । तथ्य उत्खननमा उदासीन नभई भ्रमलाई अनावरण गर्नु नै बान्छनीय हुँदो हो । चिन्तै चिन्ता छ सबैलाई । कसैलाई ठूलो हुने, कसैलाई विद्वान हुने, कसैलाई सूचना दिने, कसैलाई शक्तिशाली हुने, कसैलाई पैसा कमाउने ।

चिन्ताले ग्रस्त हामी सकरात्मक कसरी हुने त् ? अचुक औषधि नै सेवन नगरी कोरोना भाइरस विरुद्ध कसरी लड्ने ? आफ्नो आफ्नो गांैडामा झुण्ड तैनाथ छन् । अल्प कलम, रुग्ण मलम र अलप सरमले सुसज्जित ।

ए साँच्ची, अवसरवादीहरु एक, वर्गहरु दुई, सरकार तीन र भ्रष्ट चार हुने मौका पनि यही हो क्यार । झुण्ड के को हो, छुट्याउनुप¥यो, भेडा कि घोडा ?

अब विदेशबाट सरकारलाई एउटा बिन्ती बिसाउन चाहन्छु ।

५० लाखभन्दा बढी नेपाली विदेशमा छन रे । घोटिएका छन् विदेशलाई र आफ्नो मातृभूमिलाई पाल्न । तर, कस्तो विडम्बना, यस्तो महामारीमा पनि हामी उनीहरुको देशका लागि अनागरिक रे । हाम्रो योगदान कर तिर्दा समान हुन्छ, सार्वजनिक सेवा उपयोग गर्दा समान, अझ के–के जातिको राहत र छुट सबै आफ्ना नागरिकलाई । सारांशमा भन्दा आवश्यक जनशक्ति हामीले उनीहरुको अर्थतन्त्रलाई चलायमान बनाएका छांै ।

यस्तो विपदमा पनि हामी यस घेराको छेउमा पनि नपर्दा दुःख चाहिँ अवश्य लाग्दोरहेछ । खैर, राज्य आफ्नो नागरिकप्रति पहिला जिम्मेवार र उत्तरदायी हुनैपर्छ । हामी भावनामा बहनु हुन्न भन्ने पनि लाग्छ । मेरो आफ्नो सरकार छ त नेपाली जनताको सरकार । मेरो भोटको प्रतिनिधि ।

अहिले तपाईहरु जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुस्, नेपाल नआउनुस् भनेको सुनें । एक मनले ठिकै लाग्यो । अहिले नै सबै हुल बाँधेर गयो भने सरकारलाई व्यबस्थापनमा कठिनाई हुन्छ । हामीले यत्रो सहयोग त गरियो, यो विपदमा किन नमान्ने ? तर प्रश्न– कहिलेसम्म ?

यथार्थ – नेपालमा चाहिने जनशक्ति छैन, विदेशमा छन् । अर्को यथार्थ– अधिकांश अवसरको खोजीमा छन्, फर्कनलाई । साथ चाहिएको छ शीर उठाउनलाई ।

भनिन्छ, महामारीसँगै अवसर पनि आउँछ रे । यी एउटै सिक्काका दुई पाटा हुन् रे । अवसर हामीलाई पनि, सरकारलाई पनि । फेरि यो जनताको सरकार हो भनेको सुनेको छु– ‘नेपालीले चान्स पायो भने गर्छ ।’ हामी त्यही चान्सको खोजीमा छौं ।

मलाई लागेको मात्र, तत्काल नै पर्दैन तर अबको १, २, ३ महिनामा भनिदिनुस् आश लिएर आउनुस चान्स हामी दिन्छौं भनेर ।

नेपाललाई कुन–कुन उद्योगमा (पर्यटन,उत्पादन, सेवा प्रविधि, कृषि आदि ) कस्तो कस्तो जनशक्ति, कुन सिपको खाँचो छ अपिल गरिदिनुहोस् । उद्यम गर्नेलाई योजना पठाउन लगाएर सरकार र नागरिकको आधा–आधा लगानीमा सुरु गरां युवामैत्री समृद्धि अभियान । नाम जे दिएपनि भयो ।

थाहा छ, सरकारले सबै ५० लाखलाई एकैचोटि गर्न सक्दैन । कोटा तोकिदिनुस् १,२,३ लाख जति सकिन्छ, समय पनि तोकिदिए हुन्छ । यहाँ जानेको नविनतम सोच र सिपले एउटा नयाँ गति र उर्जा थाप्ला ।

सबै यो अभियानमा आउँदैनन् पनि । मातृभूमिलाई ताली र गाली गर्ने दुवैको जमात छ विदेशमा । तर, आउन चाहनेका लागि यो महामारीमा आशाको बहार जगाउने छ । अर्को चुनावमा मतपत्र यत्रतत्र सर्वत्र ।

हाल अष्ट्रेलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment