+
+
Shares

गोल्डेनगेटद्वारा ५५० विपन्न परिवारलाई राहत

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २८ गते १७:१८

२८ चैत, काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले लकडाउनका कारण छाक टार्न समस्यामा परेका विपन्न परिवारलाई राहत उपलब्ध गराएको छ ।

गोल्डेनगेटसहित हिसान र त्रिकुति कोलोनीले काठमाडौं महानगरपालिका वडा ९ का ५ सय ५० परिवारलाई राहत सामग्री वितरण गरेको हो। गोल्डेन गेटका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवालले वडा कार्यालयको समन्वयमा विपन्न परिवारलाई राहत वितरण गरेका हुन् । विपन्न परिवारलाई चामल, दाल, चिउरा, नुन, तेल, मन्जन लगायतका राहत सामग्री उपलब्ध गराएको वडाध्यक्ष रामकृष्ण श्रेष्ठले बताए ।

वडा अध्यक्ष श्रेष्ठका अनुसार योसहित विपन्न परिवारलाई चार चरणमा १ हजार ७ सय १५ परिवारलाई राहत वितरण गरिसकिएको छ । वडा आफैंले ४ सय ८५ परिवारलाई राहत वितरण गरेको र बाँकी विभिन्न संघ, संस्था र शुभचिन्तकको सहयोगमा राहत वितरण गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?