Comments Add Comment

कोरोना भाइरसका कारण चमेरो किन मर्दैन ?

भाइरसलाई कुनै जनावरबाट मानिसमा फैलनका लागि अथवा धेरै भन्दा धेरै फैलिनका लागि एउटा विशेष वाहक (होस्ट) को आवश्यकता पर्दछ । कुनै पनि भाइरसको विकास र यसलाई फैलनका लागि विभिन्न खुबी आवश्यक पर्छ । ती खुबी धेरैजसो चमेरोमा पाइन्छ । यहि कारणले चमेरोमा कोरोना भाइरसको विकास हुन्छ र परिर्वतन भैरहन्छ ।

के चमेरोमा धेरै भाइरसहरु हुन्छन् ?

कुनै पनि जनावरमा त्यस्ता केही विशेषताहरु हुन्छन्, जसले त्यसलाई कुनै भाइरसको एउटा प्राथमिक बाहक बन्नका लागि आवश्यक हुन्छ । जस्तै चमेरो, जसमा कोरोना भाइरस हुन्छ र लगातार आफुमा परिर्वतन गर्दै स्वयंलाई अत्याधिक घातक बनाउन सक्छ ।

-भाइरसले कुनै पनि जीवमा खोज्ने खुबीहरु चमेरोमा समावेश छ । सर्वप्रथम त्यो जीवको आयु लामो हुनु आवश्यक छ ।  एउटा चमेरोको सामान्य उमेर १६ देखि ४० वर्षसम्म हुन्छ । यो हिसाबले चमेरो धेरै भन्दा धेरै भाइरसहरुका लागि एउटा राम्रो वाहक बन्छ ।

-यसका साथै भाइरस एउटा त्यस्तो जनावरमा रहन चाहन्छ, जो अत्यधिक ठूलो संख्यामा एक साथ रहन्छ । ।जसले गर्दा भाइरस तिव्र गतिमा फैलन सकोस् भन्ने  हुन्छ, जुन खुबी चमेरोमा हुन्छ ।

-राम्रो उड्ने क्षमता भएको जीव भाइरसको विकासका लागि आवश्यक छ, जसले एक पटकमा लामो दूरी निधारण गर्न सकोस् र भाइरसलाई टाढा–टाढासम्म फैलन सहयोग प्राप्त हुन्छ ।

-मार्सको कुरा गर्नु पर्दा यो भाइरस चमेरोबाट अरेबियन उँटमा फैलिएको थियो र यो भाइरसले उँटलाई वाहक बनाएको थियो । उँटबाट त्यो भाइरस दुर्घटनावश मानिसमा फैलिन पुग्यो ।

-यदि तुलना गरेर हेर्ने हो भने मार्स उँटहरुका लागि अत्यन्त कम मात्र हानिकारक थियो । यसको तुलनामा जंगली जीवमा सार्स कोरोना–१ र प्यागोलिन (जंगली जीव) मा सार्स कोरोना–२ भाइरस यिनीहरुका लागि अति नै घातक छ ।

त्यस्ता खुबीहरु जसले भाइरस सजिलै फैलिन सहयोग पु¥याउँछ

म्यूटेशन (जीनमा हुने परिर्वतन) :  कोरोना भाइरस एउटा सिंगो आरएनए भाइरस हो, त्यसैले यसमा म्यूटेशन (जीनमा हुने परिर्वतन) अत्यधिक धेरै हुन्छ । यही कारणले गर्दा कोरोना भाइरस नयाँ–नयाँ वाहकमा छिट्टै विकसित हुन्छ ।

-जब मार्स भाइरसले उँटलाई आफ्नो वाहक बनाएको थियो, त्यसलाई आफ्नो अनुकुल बनाएर त्यसमा जीवित रह्यो । तर जब यो मानिसहरुमा फैलियो, तब त्यसले मानिसहरुमा आफ्नो अनुकुलता प्राप्त गर्न सकेन र त्यो नष्ट भयो ।

-अहिलेसम्म भएका भिन्दा–भिन्दै सर्वेक्षणको आधारमा के कुरा पत्ता लागेको छ भने सामान्य कोरोना भाइरसको तुलनामा सार्स कोरोना–२ मा जीनहरुमा हुने परिवर्तन कम पाएको छ ।

-यसबाट के अनुमान लगाउन सकिन्छ भने यो भाइरसले मानिसमा आफ्नो अनुकुलता प्राप्त गरिसकेको छ अर्थात कोरोना भाइरसले मानिसलाई आफ्नो वाहकको रुपमा अपनाइसकेको छ ।

-यदि यो सर्वेक्षण सही प्रमाणित भयो भने वैज्ञानिकहरुका लागि राम्रो समाचार हुन सक्छ । किनभने वैज्ञानिकहरुले यो भाइरसका लागि जुन खोप तथा एन्टिभाइरल औषधिको विकास गरिरहेका छन्, त्यो यसमा लामो समयसम्म प्रभावकारी हुन्छ ।

भाइरसको ठुलो जीन

-जुन भाइरसको जीन ठुलो हुन्छ, त्यो भाइरसमा अरु भाइरससंग पुनःसंयोजन हुन र अनुकुलता प्राप्त भएपछि भाइरस बन्ने सम्भावना धेरै हुन्छ । सार्स कोरोना भाइरस–२ मा त्यसको ठुलो जीनको खुबी रहेको हुन्छ ।

भाइरसले नयाँ वाहक यसरी छनौट गर्छ

जब एउटा नयाँ वाहक खोज्नका लागि भाइरस कुनै व्यक्ति अथवा जीवमा प्रवेश गर्छ, तब त्यो वाहकको शरीरमा भएको कोषिकाको माथिल्लोे सतहसंग त्यो भाइरसमा भएको प्रोटीन कसरी बाँधिन्छ भन्ने कुरा विशेष महत्व राख्छ ।

-यदि राम्रोसंग बाँधियो भने भाइरसले त्यो जीवलाई आफ्नो वाहक  बनाउने सम्भावना बढ्छ ।

-सार्स र सार्स कोरोना–२ को तुलना गर्ने हो भने सार्सको तुलनामा सार्स कोरोना—२ को बाँधिने क्षमता मानिसभित्र १० देखि २० गुणा धेरै हुन्छ ।

कोरोना भाइरसले चमेरोलाई किन मार्दैन ?

-जब कोरोना भाइरस कुनै जीवमा फैलिन्छ, तब जीवको शरीर भित्र त्यो तिव्र गतिले सुन्निन्छ । तर चमेरो भित्र कम सुन्निन्छ । यहि कारणले गर्दा चमेरोको सुन्निने क्रियामा डिफेक्ट हुन्छ ।

-चमेरोमा हुने प्राकृतिक सेलहरुको सक्रियता निकै कम हुन्छ । त्यसकारण चमेरो भित्र यो भाइरसको इन्फेक्सनलाई बोक्ने सेल्सहरु मर्दैनन् ।

-चमेरोको मेटाबोलिज्म दर निकै उच्च हुन्छ, त्यसकारण त्यसमा अत्यधिक मात्रामा रिएक्टिभ अक्सिजन स्पिशिज बन्दछ, जसले कोरोना भाइरसलाई तिब्र गतिले प्रतिरुप गर्नबाट रोक्छ, साथै यसको म्यूटेशन रेट पनि बढ्छ ।

-चमेरोमा बढेको म्युटेशनको कारण कोरोनालाई दोस्रो होस्टमा फैलिन सहज हुन्छ । यतिमात्र होइन, लगातार हुने उक्त म्युटेशनले कोरोनालाई निकै घातक पनि बनाउँछ ।

यसकारण चमेरोमा रहिरहन्छ कोरोना

-चमेरोमा रोग प्रतिरोधक क्षमता अत्यधिक हुन्छ, त्यसै कारण चमेरोको फोक्सो बिग्रने सम्भावना कम हुन्छ । फोक्सो र शरीरमा धेरै सुजन नआउने भएकाले कोरोनाले त्यसलाई सास फेर्न समेत गाह्रो पार्दैन ।

-चमेरोको रोग प्रतिरोधक क्ष्ँमता राम्रो भएकै कारण कोरोना भाइरसले त्यसको शरीर भित्र तिब्र रुपले आफ्नो प्रतिरुप बनाउन सक्दैन ।

-त्यसैले के कुरामा आश्चर्य मान्नु पर्दैन भने पछिल्लो २० वर्षमा चमेरोबाट नै तीन प्रकारका कोरोना भाइरसहरु हाम्रो संसारमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment