Comments Add Comment

बेल्जियममा कोरोनाबाट एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु

बेल्जियममा कोरोना भाइरस (कोभिड–१९) बाट एकैदिनमा अहिलेसम्मकै धेरै मानिको मृत्यु भएको छ । बीबीसीका अनुसार कोभिड–१९ को कारण बेल्जियममा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको मृत्यु भएको हो ।

बेल्जियमको लागि यो एकैदिनमा भाइरसको कारण ज्यान गुमाउनेको अहिलेसम्मकै ठूलो संख्या हो । यससँगै बेल्जियममा कोरोना भाइरसको कारण मृत्यु हुने मानिसको संख्या पनि तीन हजार १९ पुगेको छ ।

बेल्जियममा पछिल्लो २४ घण्टामा एक हजार छ सय ८४ नयाँ संक्रमित फेला परेका छन् । यससँगै बेल्जियममा समग्र संक्रमितको संख्या पनि २६ हजार छ सय ६७ पुगेको छ ।

बेल्जियन सोसाइटी अफ इन्टेन्सिभ केयर मेडिसिनका अध्यक्ष ग्रीट मेयफ्रोइडले बेल्जियमले सबै शंकास्पद बिरामीको मृत्युलाई पनि कोरोना भाइरसको कारण भएको मृत्युमा गणना गर्ने भएकाले मृतकको संख्या उच्च रहेको बताए ।

धेरैजसो मुलुकमा परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएपछि मात्र मृतकको संख्यामा गणना गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment