Comments Add Comment

बेलायतमा एकैदिन ९ सय १७ जनाको मृत्यु

२९ चैत, काठमाडौं । बेलायतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) बाट नौ सय १७ जना मानिसको मृत्यु भएको छ । बेलायती सरकारी निकायले दिएको जानकारी अनुसार बेलायतमा समग्र मृत्यु हुने मानिसको संख्या पनि नौ हजार आठ सय ७५ पुगेको छ ।

बीबीसीका अनुसार बेलायतका डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले शनिबारसम्म बेलायतमा संक्रमितको संख्या ७८ हजार नौ सय ९१ पुगेको बताएको हो । शुक्रबार बेलायतमा एकैदिन नौ सय ८० जना मानिसको कोरोना भाइरसको मृत्यु भएको थियो ।

यो संख्या बेलायतमा अस्पतालमा मृत्यु भएका मानिसको संख्या मात्र हो । सन् २०१९ को अन्तिममा चीनको वुहानबाट निस्किएको यो भाइरसको महामारी अहिले विश्वभर फैलिएको छ ।

यसबाट विश्वभर अहिलेसम्म यो भाइरसबाट १७ लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने एक लाख तीन हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment