Comments Add Comment

भारतमा कोरोना संक्रमितले अस्पतालभित्रै आत्महत्या गरे

३० चैत, काठमाडौं । भारतमा एक जना कोरोना संक्रमित बिरामीले अस्पताल भित्र आत्महत्या गरेका छन् । आसामको नागांव जिल्लाका ३० वर्षीय पुरुषले महाराष्ट्रको गुवाहिटी मेडिकल कलेजको शौचालयमा घाँटी काटेर आत्महत्या गरेका हुन् ।

उनी तबलिगी जमातसँग सम्बन्धित व्यक्ति रहेको भारतीय मिडियाहरुले जनाएका छन् । उनी नयाँदिल्लीको निजामुद्दिनमा आयोजित धार्मिक सभामा सहभागी भएका थिए ।

कोरोना भाइरससँग सम्बन्धित लक्षण दखिएपछि उनलाई ७ अप्रिलमा अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबार उनमा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो । त्यसपछि शनिबार उनले अस्पतालको शौचालयमा गएर घाँटी रेटेको बताइएको छ । शौचालयमा अचेत अवस्थामा भेटिएका उनको उपचारको क्रममा मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

यसअघि भारतको नयाँदिल्लीस्थित सफदरगञ्ज अस्पतालमा भर्ना गरिएका एकजना कोरोना शंकास्पद विरामीले अस्पताल भवनबाट हामफालेर आत्महत्या गरेका थिए ।

महाराष्ट्र कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राज्य हो । महाराष्ट्रमा हालसम्म १७ सय बढी संक्रमित फेला परेका छन् भने एक सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको ताजा विवरणअनुसार भारतभर कोरोनाबाट मृत्यु हुनेको संख्या २७३ पुगेको छ । भारतभर ८ हजार ३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

बितेको २४ घण्टामा भारतमा ९ सय ९ जना नयाँ संक्रमित फेला परेका छन् भने ३४ जनाको मृत्यु भएको छ । हालसम्म ७१६ जना उपचारपछि निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment