Comments Add Comment

नयाँ वर्षमा जन्मिएका यी तीन हस्ती

आज वैशाख १, अर्थात नयाँ बर्ष २०७७ सालको पहिलो दिन । आज नेपाली चलचित्र क्षेत्रका केही चर्चित चलचित्रकर्मीहरुको जन्मदिन हो ।

निर्माता तथा कलाकार दीपकराज गिरी आज कै दिन जन्मिएका हुन् । नेपाली चलचित्र क्षेत्रमा दीपकको आगमनलाई सुखद मान्न सकिन्छ ।

किनकी, उनले निर्माण गरेका कुनै पनि चलचित्र असफल भएका छैनन् । उनी अभिनित चलचित्र ‘छक्का पन्जा’का ३ सिरिजले चलचित्र क्षेत्रमा नयाँ इतिहास समेत रचेका छन् । उनलाई चलचित्र क्षेत्र चलायमान बनाउन सक्ने सशक्त कलाकार तथा निर्माताको रुपमा लिन सकिन्छ ।

यस्तै, निर्देशक तथा कलाकार शिवहरि पौडेलको पनि आज जन्मदिन हो । शिवहरि पनि नेपाली चलचित्र तथा हाँस्य सिरियलका लागि सशक्त नाम हो ।

उनले निर्देशन गरेको चलचित्र ‘लक्का जवान’ रिलिजको क्रममा छ ।

नेपाली चलचित्र क्षेत्रमा स्टार नायक दयाहाङ राइको पनि आज जन्मदिन परेको छ । दयाहाङ राईको चर्चा उनको अभिनयका कारण अझ बढी हुने गर्दछ ।

उनले, नायक हुनका लागि सिक्स प्याक हुनपर्छ भन्ने सोचलाई नै बदलिदिएका छन् । यसैले त दयाहाङ जस्ता कलाकार ५० वर्षमा एक पटक जन्मिन्छन् भनेर कलाकार निर शाहले भन्ने गरेका छन् ।

चलचित्र क्षेत्रका यी तीनै हस्तीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment