Comments Add Comment

मेस्सीले गरे कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा

१ वैशाख, काठमाडौं । बार्सिलोनाका स्टार लिओनल मेस्सीले विश्वभर कोरोना भाइरसविरुद्ध लडिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गरेका छन् ।

मेस्सीले इन्स्टाग्रामबाट कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी अहिलेको नायक रहेको भन्दै त्यसप्रति प्रसन्नता व्यक्त गरे ।

‘हिजोबाट यो हप्ताको विश्व स्वास्थ्य कार्यकर्ताको यूनिसेफसँगको कार्य अन्त्य भयो र म उनीहरूले गरेको कामका लागि गहिरो कृतज्ञता व्यक्त गर्न चाहन्छु,’ मेस्सीले इन्स्टाग्राममा लेखेका छन् ।

६ पटकको फिफा, बालोन डे’ओर अवार्ड विजेता मेस्सी युनिसेफका सद्भावना दूतसमेत हुन् ।

मेस्सीले यो समय स्वास्थ्यकर्मीहरू आफ्नो परिवारभन्दा टाढा रहेर कोरोनाबाट बचाउन लागि परेको भन्दै उनीहरू नायक भएको समेत लेखेका छन् । ‘गुमनाम नायकहरू जो दिन र रात आफ्नो परिवारबाट टाढा छन्, त्यसैले हामी कोभिड १९ बाट सुरक्षित रहन सक्छौं,’ मेसीले लेखेका छन् ।

सबै तनावका बीच पनि उनीहरूले गर्भवती महिलादेखि बच्चाहरुको सुरक्षामा निरन्तरता दिइरहेको मेस्सीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment