+
+
Shares

आइसोलेसनमा उपचाररत बिरामीको प्रारम्भिक रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १ गते १७:५१

१ वैशाख, बुटवल । भैरहवाको भीम अस्पतालको आइसोलेसनमा आइतबार भर्ना गरिएको पुरुषको प्रारम्भिक रिपोर्ट (पहिलो रिपोर्ट) नेगेटिभ आएको छ ।

रगतबाट जाँच गर्ने (आरडीसी) बाट पहिलो चरणमा उनको रिपोर्ट नेगेटिभ देखिएको भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले अनलाइनखबरलाइ बताए ।

‘उहाँको अवस्था सामान्य छ, हामीले उहाँलाई यही राखेर उपचार गरिरहेका छौं, भोलि स्वाब परीक्षणका लागि कोरोना भाइरस परीक्षण प्रयोगशालामा पठाउछौं’ उनले भने ।

भर्ना भएका बिरामीको आरडीटीबाट परीक्षण गर्दा करिब २ घण्टा लागेको थियो ।

मंगलबार भैरहवाको अञ्चलपुरस्थित गहुबाली अनुसन्धान केन्द्रमा कोरोना भाइरस परीक्षण प्रयोगशाला रहेकाले उनको रिपोर्ट छिट्टै आउने उनले बताए ।

रुपन्देहीको मायादेवी गाउँपालिका १ का ५८ वर्षका पुरुषलाई भैरहवास्थित भीम अस्पतालको आइसोलेसनमा कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थियो ।

विगत १२ दिनदेखि ज्वरो आउने र केही दिनदेखि खोकी, सास फेर्न गाह्रो हुने तथा पखाला लागेपछि आइसोलेसनमा कक्षमा राखिएको उनले बताए ।

सोमबार बिहान स्वास्थ्य परीक्षण गराउन अस्पताल आएका उनलाई फिबर क्लनिकमा परीक्षण गरेपश्चात कोरोना भाइरस (कोभिड–१९) को मिल्दोजुल्दो लक्षण देखिएपछि आइसोलेसन कक्षमा राखेर उपचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?