Comments Add Comment

बुरुण्डीको लिग पनि रोकियो तर यी तीन देशमा फुटबल लिग चलिरहेको छ

ताजिकिस्तानमा जारी लिग

२ वैशाख काठमाडौं ।  विश्वकै चर्चित युरोपका फुटबल लिगहरु अहिले स्थगित छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण फुटबल खेल्ने अवस्था छैन । विश्वभर सबैखाले खेलकुद गतिविधि नै प्रभावित छन् ।

तर विश्वका केही यस्ता देश छन् जहाँ भने अहिले नपि फुटबल लिग सञ्चालन भइरहेको छ । युरोपको बेलारुस एसियाको ताजिकिस्तान र मध्य अमेरिकाको निकारागुवामा अहिले पनि फुटबल भइरहेको छ ।

कोरोनाकै बीच सञ्चालन भइरहेको अफ्रिकन राष्ट्र बुरुण्डीको लिग भने स्थगित भएको छ । मार्च ३० यता बुरुण्डी अफ्रिकामा लिग गर्ने एक्दो राष्ट्र थियो । तर दुई दिनअघि बुरुण्डी पुटबल फेडेरेसनले कोरोना महामारीको कारण डोमेस्टिक फुटकल केही समयको लागि स्थगित गरेको जनाएको छ ।

ईएसपीएनका अनुसार बुरुण्डीको लिग मे अन्तिम सम्ममा सकाउने फेडेरेसनको जनाएको छ । बुरुण्डीमा २०१९-२० को सिजन चलिरहेको छ । १० अगष्ट २०१९ मा सुरु भएको लिग अप्रिल २५ सम्म सञ्चालन हुने तालिका थियो । १६ टिमले दोहोरो प्रणालीमा खेल्ने लिगमा २७-२७ खेल सकिएको छ ।

यस्तै गत वर्ष नै सुरु भएर अहिले सञ्चालन भइरहेको लिग हो लिकारागुवाको फुटबल । जहाँ १० क्लब छन् दुई चरणमा हुन्छ र दुवै चरणमा दोहोरो लिग हुन्छ । अपेरटुरा नाममा  हुने लिग २०१९ मै सकिएको छ । जसमा रियल इस्टेटी च्याम्पियन भयो । अहिले २०२० मा क्लाउसुरा लिग भइरहेको छ । जसमा सहभागी क्लबले १६-१६ खेल खेलिसकेका छन् । अब लिगमा १० खेल हुन बाँकी छ । क्लाउसुरा सकिएपछि दुवै लिगको एग्रेगेट अंक सार्वजनिक हुनेछ ।

युरोपियन राष्ट्र बेलारुस र एसियन राष्ट्र ताजिकिस्तानमा भने यही कोरोना भाइरस फैलिएपछि लिग सुरु भएको हो । बेलारुसको लिग मार्च १९ देखि सुरु भएको हो । १६ क्लबले प्रतिस्पर्धा गरिरहेको लिगमा सबैले ४-४ खेल खेलिसकेका छन् ।

यस्तै ताजिकिस्तनको लिग यही अप्रिल ५ देखि सुरु भएको हो । १० क्लब सहभागिमा दुई चरणको खेल सकिएको छ । तेस्रो चरणको खेल अप्रिल १८ देखि सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment