Comments Add Comment

हलमा फ्लप भएको ‘पासवर्ड’लाई युट्युबमा दर्शकको साथ

रिलिजको समयमा निकै चर्चामा रहेको चलचित्र हो, ‘पासवर्ड’ । यस चलचित्रमा बलिउड अभिनेत्री सन्नी लियोनी पनि जोडिएकी थिइन् । त्यसैले चलचित्रको चर्चा चुलिएको थियो । अझ, रेड कार्पेट प्रिमियरको लागि सन्नी नेपाल नै आएपछि झनै चर्चा थपियो । यस चलचित्रमा सन्नीले आइटम नृत्य गरेकी थिइन् ।

तर, रिलिजपछि यस चलचित्रले हलमा पानी समेत भन्न पाएन । रिलिज अघिको चर्चा र तामझामले चलचित्रको व्यापारमा अर्थ राखेन । यस चलचित्रबाट निर्माताले ठुलो घाटा बेहोर्नु पर्‍यो ।

हलमा रिलिज भएको ७ महिनापछि चलचित्रलाई युट्युबमा रिलिज गरिएको छ । युट्युबमा भने चलचित्रले दर्शकको राम्रो साथ पाएको छ । लकडाउनका कारण घरमा थुनिएर बसेका दर्शकले चलचित्र हेरेका छन् ।

नयाँ वर्षको अवसर पारेर बैशाख १ गते रिलिज गरिएको यस चलचित्र २४ घण्टा नबित्दै नेपाल युट्युब ट्रेण्डिङको नम्बर १ मा उक्लिएको छ । ६ लाख ३० हजार दर्शकले चलचित्र हेरेका छन् भने २ हजार बढि दर्शकले चलचित्रमा प्रतिकृया दिएका छन् ।

२० हजार दर्शकले चलचित्रलाई लाइक गरेका छन् भने १ हजार ७ सय दर्शकले डिस-लाइक गरेका छन् । चलचित्रमा आएका प्रतिकृया मिश्रित छन् ।

सम्राट शाक्यको निर्देशनमा बनेको यस चलचित्रमा अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तमाङ, रविन्द्र झा लगायतको अभिनय रहेको छ । चलचित्रमा अमित बस्नेत र हिराल जोशीको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment