+
+
Shares

स्वास्थ्यकर्मीका लागि शाहरुखले दिए २५ हजार पीपीई

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २ गते १२:४४

कोरोना भाइरसको लडाइमा बलिउडका कलाकारले नागरिक र सरकारलाई आफूले सक्दो सहयोग गरिरहेका छन् । यसमा, सबैभन्दा अगाडि नायक शाहरुख खान छन् । जसले, भारतका नागरिकदेखि सरकारलाई विभिन्न सहयोग गरिरहेका छन् ।

यसैबीच, नायक शाहरुख खानले महाराष्ट्र सरकारलाई २५ हजार पीपीई किट्स उपलब्ध गराएका छन् ।

शाहरुखले महाराष्ट्रका विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि २५ हजार पीपीई उपलब्ध गराएका हुन् ।

शाहरुखको सहयोगका लागि महाराष्ट्र सरकारका लोक स्वास्थ्य तथा परिवार कल्याण मन्त्री राजेश टोपेले उनलाई धन्यवाद दिएका छन् ।

भारतमा स्वास्थ्यकर्मीका लागि पीपीईको अभाव भइरहेको खबर सार्वजनिक भइरहेका छन् । शाहरुखले कोरोना भाइरसँग लड्नका लागि यसअघि पनि विभिन्न शिर्षकमा सहयोग गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?