+
+
Shares

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु   

रासस रासस
२०७७ वैशाख २ गते १२:५४

२ वैशाख, राँझा । बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो ।

घाइते दिलमायालाई घटनाको तीन दिनपछि मंगलबार बिहान उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा ल्याइएको केहीबेरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । उनका अनुसार मदिरा सेवनका विषयमा सामान्य विवाद हुँदा रिसको आवेगमा बलसिंहले श्रीमतीलाई धकेल्दा भित्तामा ठोक्किएर चोट लागेको थियो । तीन दिनसम्म पनि उपचार नपाएपछि दिलमायाको मंगलबार मृत्यु भएको हो । शव शिक्षण अस्पताल कोहलपुरमा राखिएको छ । अभियुक्त बलसिंहलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?